आईतवार, फाल्गुन ११,२०८१ 02:05:39
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 02:05:39
IME remit
Global IME Bank Limited

स्वरोजगार बनाउने इभी पिकअपमा सरकारको बक्रदृष्टि, ९००% ले बढाइयो भन्सार

Hyundai Nepal
स्वरोजगार बनाउने इभी पिकअपमा सरकारको बक्रदृष्टि, ९००% ले बढाइयो भन्सार
Nabil Bank Limited

काठमाण्डौ । आगामी आर्थिक वर्षको बजेट निर्माणको क्रममा करका दरहरु हेरफेर गर्दा अर्थमन्त्री र अर्थ मन्त्रालयका उच्च अधिकारीहरु विभिन्न व्यापारिक समूहको प्रभावमा परेका प्रमाणहरु एकपछि अर्को बाहिरिन थालेको छ ।  

बीवाइडीका इभी कारहरुको व्यापार प्रवद्र्धनमा सहयोग पुग्ने गरी नियोजित ढंगले इभीमा अव्यवहारिक करको दर हेरफेर गरेका अर्थमन्त्रीले केही साना व्यवसायिक प्रयोजनमा प्रयोग हुने डिजेल र पेट्रोल पिकअप भ्यानहरुको व्यापार गरिरहेको समूहको प्रभावमा परेर इभीलाई निरुत्साहित बनाउने गरी करको दर बढाएको पाइएको हो । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

साबिकमा इभी पिकअप भ्यान(साना)को भन्सार दर १ प्रतिशत रहेको थियो । साना इभी पिकअप भ्यानहरुले गाउँ–गाउँबाट कृषिजन्य सामाग्रीको ढुवानीमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । कृषि क्षेत्रको विकास र विस्तारका लागि इभी पिकअप भ्यानलाई फोकस गरी ढुवानी खर्च घटाउने नीति लिनुपर्ने ठाउँमा सरकारले उल्टो नीति लिएको पाइएको हो ।  

साइमेक्स इंकका लागि अर्थमन्त्रीले गरे ‘पोलिसी करप्सन’, बजेटको एकदिनअघि भित्र्याइयो १२०० बढी बीवाइडी

 

निश्चित व्यापारिक समूहको प्रभावमै परेर अर्थमन्त्रीले साना इभी पिकअपको भन्सार दर १ प्रतिशतबाट बढाएर १० प्रतिशत पुर्याएका हुन् । यसरी भन्सार दरमा ९०० प्रतिशतले वृद्धि गरिएको देखिएको छ ।  

सरकारको यस्तो कदमबाट थोरै खर्चमा कृषिजन्य मालवस्तु ढुवानी हुने सहज अवस्थामा जटिलता थप्ने काम गरिएको स्वयम् कृषकहरुको गुनासो छ ।  

'साना इभी पिकअप खरीद गरेर यसलाई ढुवानीको साधनको रुपमा प्रयोग गरी स्वरोजगार भइएको थियो ।' काभ्रेका युवा किसान विक्रम थापाले बिजशालासँग भने-'तर, केही व्यापारिक घरानाको इशारामा सरकारले स्वरोजगार बन्नेका लागि सहज व्यवस्थालाई थप जटिलता बनाउने काम गर्यो । यस्ता कृषि क्षेत्रको विकासमा प्रत्यक्ष भूमिका खेल्ने यस्ता साना विद्युतीय पिकअप भ्यानमा सहुलियत बनाउनुपर्ने ठाउँमा अर्थमन्त्री उल्टो बाटो हिँड्नुभयो ।'  

थापाले सरकारले अध्ययन नै नगरी कुनै व्यापारिक समूहसँग मिलेर इभी पिकअप भ्यानमा ट्याक्स बढाउने काम गरेका दाबी गरे । 'यो कदम औचित्यहीन छ । अर्थमन्त्रीले यसलाई तत्काल सच्याउनुपर्छ ।' थापाले भने-'एकातिर कृषि क्षेत्रमा अनुदान बढाएको कुरा गर्ने, अनि अर्कोतिर तयारी कृषिजन्य वस्तु तथा कृषि प्रयोजनकै लागि मालसामान ढुवानी गर्ने तथा साना स्वरोजगारमूलक व्यवसायमा प्रयोग हुने इभी पिकअपको भन्सार दर ९ गुणाले बढाउनु विरोधाभासपूर्ण काम भयो ।'  

हाल नेपालमा साना इभी पिकअप पुग नपुग १०० वटा पनि भित्रिएका छैनन् । यसबाट सरकारलाई आउने राजश्व वा भन्सार बढाउँदा बढ्ने राजश्व नगण्य हुन्छ । तर, यो कदमबाट पर्ने प्रभाव भने दूरगामी हुनसक्छ ।  

‘सरकारी ढुकुटीमा नगण्य योगदान हुने काम सरकारबाट हुनु भनेकै कसैको इशारामा यो काम भएको रुपमा बुझ्नुपर्छ ।’ भक्तपुरका ढुवानी व्यवसायी निरज प्रजापतिले भने–‘डिजल र पेट्रोल पिकअप भ्यान बिक्री गर्ने व्यापारिक समूहलाई पोस्न सुनियोजित ढंगले भन्सार बढाइएको सहजै अनुमान गर्न सकिन्छ।’  

प्रजापतिले पनि कृषि क्षेत्रको विकासमा महत्वपूर्ण योगदान गर्नसक्ने तथा कतिपय युवाहरुलाई स्वरोजगार बनाउने साना आकारका विद्युतीय पिकअपमा ९०० प्रतिशतले बढाइएको भन्सार तत्काल हटाउन माग गरेका छन् ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.