मंगलवार, श्रावण १९,२०८३ 02:49:15
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 02:49:15
Bizshala
Global IME Bank Limited

प्रचण्डको ब्रिफिङ–‘कांग्रेस–एमाले मिले, हामीले सरकार छाड्नुपर्ने भो’

प्रचण्डको ब्रिफिङ–‘कांग्रेस–एमाले मिले, हामीले सरकार छाड्नुपर्ने भो’
New Office

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले माओवादी केन्द्रका दुई शीर्षस्थ नेताहरुसँगको छलफलमा एमालेसँगको सहकार्य टुट्ने अवस्था बनेको व्रिफिङ गरेका छन् ।  

माओवादीका उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मालाई बालुवाटार भेट्न बोलाएर प्रधानमन्त्री प्रचण्डले एमाले र कांग्रेस मिल्ने भए, हामीले सत्ता गुमाउनुपर्ने भयो भन्दै ब्रिफिङ गरेका हुन् ।  

‘राजनीतिक परिस्थिति फेरिने भयो, हामी बाहिरिनुपर्ने भयो । कांग्रेस र एमालेबीच मिलेर सरकार चलाउने सहमति भएको ठोस कुरा आएपछि हामी टाँसिरहनुको अर्थ हुँदैन ।‘ प्रचण्डको भनाई उद्धृत गर्दै स्रोतले भन्यो । 

उच्च स्रोतका अनुसार सो क्रममा प्रचण्डले तत्काल सरकारबाट बाहिरिनुपर्ने अवस्था बने पनि आफ्नो नेतृत्वमा रहेको सरकारले आशा जगाउने काम गरेको र यसैलाई चुनावी अजेण्डा बनाएर अगाडि बढ्दा पार्टीलाई फाइदा पुग्नेसम्मको विश्लेषण सुनाएका थिए ।  

सो क्रममा अर्थमन्त्री समेत रहेका वर्षमान पुनले प्रचण्डको सन्देश लिएर आफू ओलीलाई भेट्न बालकोट गएको समेत सुनाएका थिए । ओलीले आफूलाई कांग्रेससँगको सहमति निकै अगाडि बढिसकेको र अब आफू त्यसबाट पछाडि हट्न नसक्ने सन्देश पठाएका थिए । यो विषय छलफलका क्रममा पुनले बालुवाटारमा पनि पुनः स्मरण गराएका स्रोत दाबी गर्छ ।  

प्रचण्डले छलफलका क्रममा एमालेले धोका दिएका कारण कम्युनिष्ट एकता फेरि पनि अन्यौलमा परेको दाबी गरेका थिए ।  

उनले एमाले र कांग्रेसबीचको सत्ता सहकार्य लामो समयसम्म नटिक्ने पनि दाबी गरेका थिए । त्यसपछि कुनै न कुनै शक्तिलाई आफूहरुकै सहयोग चाहिने भन्दै त्यो दिन धेरै टाढा नहुनेसम्मको भविष्यवाणी गर्न भ्याएका थिए ।  

पछिल्लो समय प्रचण्डले वर्षमान पुनलाई च्याप्न थालेपछि पार्टीका अर्का उपमहासचिव जनार्दन शर्मा चिढिएका छन् । शर्माले आफ्नै पार्टीका अध्यक्षले नेतृत्व गरेको सरकारले ल्याएको बजेटको संसदमै विरोध गरेका थिए । शर्मा नेतृत्वको समूहको असन्तुष्टिमा खेलेर केही शक्तिहरुले माओवादी केन्द्रलाई नै फुटाउनेसम्मको खेल खेलेको निश्कर्ष निकाल्दै पछिल्लो समय प्रचण्ड आफैंले शर्मालाई महत्वपूर्ण छलफलहरुमा बोलाउन थालेका हुन् । उनी सरकार छाड्नै परे पनि पार्टीमा फुट आउन नदिन निकै सचेत भएर अगाडि बढिरहेका स्रोत दाबी गर्छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.