शनिबार, फाल्गुन १०,२०८१ 10:00:40
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 10:00:40
IME remit
Global IME Bank Limited

पूँजीबजारको समस्या समाधानमा ताते अर्थमन्त्री, ७ दिनभित्र कार्ययोजना पेश गर्न सेबोन, नेप्से र सिडिएसीलाई निर्देशन

Hyundai Nepal
पूँजीबजारको समस्या समाधानमा ताते अर्थमन्त्री, ७ दिनभित्र कार्ययोजना पेश गर्न सेबोन, नेप्से र सिडिएसीलाई निर्देशन
Nabil Bank Limited

काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुनले सेयर बजारसँग सम्बद्ध प्रमुख तीनवटै सरकारी निकायसँग बजारका समस्या, तिनको समाधान र यो क्षेत्रको विकासका लागि गर्नुपर्ने कामहरुको विषयमा ७ दिनभित्र कार्ययोजना पेश गर्न निर्देशन दिएका छन् ।

मन्त्रीको निर्देशन भन्दै अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लिमीटेड र सिडिएससी एण्ड क्लियरिङ लिमीटेडलाई आइतबार पत्र पठाउँदै ७ दिनभित्र सरोकारवालाहरुसँग समेत छलफल गरी कार्ययोजना पेश गर्न भनेको छ ।  

‘अर्थतन्त्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने पूँजी बजारमा देखिएका समस्या समाधान एवम् त्यस क्षेत्रको विकास र विस्तारका लागि तत्काल गर्नुपर्ने कामहरुको सम्बन्धमा सम्बन्धित सरोकावाला समेतको राय लिई ७ दिनभित्र कार्ययोजना पेश गर्न मन्त्री ज्यूको निर्देशनअनुसार अनुरोध छ ।’ अर्थ मन्त्रालयबाट तीनवटै निकायलाई पठाइएको पत्रमा भनिएको छ । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

यसअघि प्रकाशित समाचार :

सेयर बजारको समस्या समाधान गर्न अर्थमन्त्री सक्रिय, सबै सम्बद्ध निकायसँग लिखित सुझाव मागिने

अर्थमन्त्रीले ३ दिनअघि नै कार्ययोजना पेश गर्ने गरी तीनवटै निकायलाई निर्देशन दिने तयारी गरेका थिए । तर, समय अभाव भन्दै मौखिक रुपमा तीनवटै निकायका प्रमुखलाई यो विषयमा जानकारी गराइए पनि लिखित निर्देशन दिन भने ढिलाई भएको थियो । भोलि(सोमबार) पुनः सार्वजनिक विदा परेकाले अर्थले आइतबार नै तीनवटै निकायलाई लिखित निर्देशन पठाएको हो ।

अब तीनवटै निकायले सम्बद्ध अन्य पक्षसँग समेत छलफल गरी पूँजीबजारको समस्या, तिनका समाधानका उपाय र बजारको विस्तार तथा विकासका लागि चाल्नुपर्ने नीतिगत कदमहरुका विषयमा स्पष्ट कार्ययोजना पेश गर्नेछन् । तिनै कार्ययोजना र सुझावका आधारमा अर्थमन्त्रीले सेयर बजारको समस्या सम्बोधन गर्न चाहेको देखिएको छ ।

पूँजीबजार उच्च प्राथमिकतामा

अर्थमन्त्रीमा नियुक्त भएको दिनदेखि नै पुनले पूँजीबजारलाई उच्च प्राथमिकतामा राखेर अभिव्यक्तिहरु दिइरहेका छन् । उनले लगानीकर्ताको मनोबल बढाउनुपर्नेमा जोड दिइरहेका छन् ।  

उनका सकारात्मक अभिव्यक्ति र चालेका कदमहरुलाई बजारले पनि राम्रो रेसपोन्स गरिरहेको छ ।  

पद बहाली गर्दै गर्दा पनि उनले ६० लाखभन्दा बढी मानिसहरुको सहभागिता रहेको पूँजीबजारको समस्या समाधान गरिने बताएका थिए । त्यसको भोलिपल्ट सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सेयर बजारको समस्या समाधान हुने भन्दै निर्धक्कसाथ लगानी बढाउन लगानीकर्तालाई आग्रह गरेका थिए । उनले सो क्रममा माइक्रोफाइनान्सको रेस्क्यू सरकारले नै गर्ने घोषणा पनि गरेका थिए ।  

पुनले आइतबार बिहान नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीलाई मन्त्रालयमै बोलाएर छलफल समेत गरेका थिए । सो क्रममा पूँजीबजारका लगानीकर्ताको मनोबल उकास्न नीतिगत लचकता आवश्यक रहेको भन्दै कुन–कुन कुरामा लचक नीति लिन सकिन्छ भन्ने विषयमा छलफल भएको अर्थमन्त्रालयस्थित उच्च स्रोतले जानकारी दिएको छ ।  

अर्थमन्त्री र गभर्नरबीच निकै राम्रो ट्यूनिङ देखिएकोले नीतिगत लचकता अपनाएरै भए पनि पूँजीबजारलाई गतिशील बनाउने विषयमा छलफल भएको स्रोत बताउँछ । सो क्रममा अर्थमन्त्रीले सेयर धितो कर्जाको क्याप पूर्ण रुपमा हटाउने सम्भावना, सेयर कर्जाको जोखिम भार अझै घटाउने लगायतका विषयमा समेत चासोपूर्वक सोधेका थिए ।  

बैंक तथा वित्तीय संस्थाहरुलाई सेयर लगानीमा गरिएको कडाईंलाई खुकुलो बनाउने, माइक्रोफाइनान्स क्षेत्रलाई चलायमान बनाउने गरी राष्ट्रबैंकले गर्नसक्ने नीतिगत परिवर्तन वा सहजीकरणको विषयमा समेत छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।  

अर्थमन्त्रीले मन्त्रालयभित्रकै अधिकारीहरुसँग ब्रोकर कमिसन, लगानीकर्ताले तिर्दै आएका अन्य खालका कमिसन, लाभकर लगायतका विषयमा समेत चासोपूर्वक छलफल चलाएका छन् । 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.