शनिबार, फाल्गुन १०,२०८१ 09:39:15
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 09:39:15
IME remit
Global IME Bank Limited

पूँजी बजारको विषयमा अलमलमा अर्थमन्त्री, महिना दिनसम्म पनि भएन कुनै काम

Hyundai Nepal
पूँजी बजारको विषयमा अलमलमा अर्थमन्त्री, महिना दिनसम्म पनि भएन कुनै काम
Nabil Bank Limited

काठमाण्डौं । अर्थमन्त्री वर्षमान पुनले कार्यकाल सम्हालेको करिब एक महिना पुग्दै छ । उनले मन्त्रालयको जिम्मेवारी सम्हाले सँगै पूँजीबजारलाई गति दिने बताएका थिए । तर करिब एक महिना बितिसक्दा पनि कुनै पनि काम हृुन नसकेको लगानीकर्ताहरुले गुनासो गर्न थालेका छन् ।  

कालिका सेक्युरिटिज स्टक ब्रोकर नम्बर ४६ मा भेटिएका एक लगानीकर्ताले अर्थमन्त्रीले जिम्मेवारी सम्हालेको एक मिहिना पुग्नै लाग्दा समेत पूँजी बजारको सुधारका लागि घोषणा गरेको प्रतिवद्धता पुरा हुन नसकेकोमा चिन्ता व्यक्त गरे । उनले. भने,‘अर्थमन्त्री आउने वित्तिकै बजार सुधारको लागि सुझाव मागियो । सुझाव दिएको पनि २ साता बितिसक्यो । तर कुनै पनि सुझावको सुनावाइ भएको देखिदैन् ।’ अर्थमन्त्रीले उधारो आश्वासन दिएको बताउँदै उनले भने,‘अर्थमन्त्रीले चाहेको खण्डमा पूँजीगत लाभकर तथा ब्रोकर कमिसन घटाएर सकरात्मक सन्देश दिन सक्नु हुन्थ्यो । तर त्यसो हुन सकेन ।’

Shivam Cement
CG Motors
Sagarmatha Cement

यस्तै प्रिमियर सेक्युरिटिजमा(स्टक ब्रोकर न.३२ )मा भेटिएका अर्का एक लगानीकर्ताले पनि अर्थमन्त्रीले तामझामका साथ बजार सुधारका लागि सुधार माग गरेको सुधारको कार्ययोजना पेश हुँदा पनि केहि ठोस परिणाम नआउँदा निराश भएको बताए । ‘त्यत्रो मिडिया बाजी मात्रै गरेर सुझाव मागियो । सुझावको कुनै सुुनावाइ भएको छैन । धितोपत्र बोर्ड पनि अध्यक्षविहिन छ । बोर्डमा अध्यक्ष नियुक्तिका लागि १९ जनाको आबेदन परेको छ । तर सरकारले ५ जनाको नाम पनि सर्ट लिष्ट गर्न सकेको छैन ।’ ती लगानीकर्ताले भने ।  

स्रोतले दिएको जानकारी अनुसार सरकारले आँफुले चाहेको व्यक्ति नियुक्ति गर्न अलमल गरिरहेको छ । तीन सदस्यले अध्यक्ष छनौट समितिले ५ जनाको नाम सर्ट लिष्ट गरिसकेको छ । तर यसमा अर्थमन्त्रीले रोकेको स्रोतले दाबी गरेको छ । स्रोतका अनुसार ५ जना सर्टलिष्टको विषयमा अर्थमन्त्रीले एकपटक प्रधानमन्त्रीसँग पनि छलफल गर्नु पर्ने बताए पछि सर्टलिष्टको प्रक्रिया रोकिएको हो । अर्थसचिव चैत्र ११ गते विदेशबाट फर्किए पछि १९ जना आवेदकको सर्टलिष्ट गर्ने प्रक्रिया अघि बढेको र केहि पूँजी बजारका विज्ञहरुले अर्थमन्त्रीलाई बजारको विषयमा धेरै नबोल्न सुझाए पछि हाल अर्थमन्त्री चुप बसेका छन् ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.