शनिबार, फाल्गुन १०,२०८१ 09:54:07
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 09:54:07
IME remit
Global IME Bank Limited

ब्रोकर कमिसन घटाउन सेबोनलाई अर्थको ग्रिन सिग्नल, ‘बोर्डबाट पारित नभएसम्म निर्णय परिपक्व हुन्न’

Hyundai Nepal
ब्रोकर कमिसन घटाउन सेबोनलाई अर्थको ग्रिन सिग्नल, ‘बोर्डबाट पारित नभएसम्म निर्णय परिपक्व हुन्न’
Nabil Bank Limited

काठमाण्डौ । धितोपत्र बोर्डबाट सिफारिस भए पनि अर्थमन्त्रालयमा गएर लामो समयदेखि थन्किएको सेयर ब्रोकर कमिसन घटाउने फाइल कार्यान्वयनको दिशामा अगाडि बढेको छ ।  

अर्थ मन्त्रालयले मन्त्रीस्तरीय निर्णय भन्दै ब्रोकर कमिसन घटाउने पुरानो सिफारिसलाई अगाडि बढाउन सकिने आशयको पत्र धितोपत्र बोर्डलाई पठाएको हो ।  

अर्थमन्त्रालयका एक उच्च अधिकारीकाअनुसार ब्रोकर कमिसन घटाउन सिफारिस भएको पुरानो फाइल अगाडि बढेको र यसलाई कार्यान्वयन गराउने वा नगराउने पूर्ण अधिकार धितोपत्र बोर्डमै निहित रहनेछ । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

‘अर्थमन्त्रालयले सिफारिसअनुसार अगाडि बढ्न सकिन्छ भन्ने आशयको पत्र मात्र पठाएको हो ।’ ती अधिकारीले भने–‘धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकबाट यो विषयमा निर्णय नभएसम्म अर्थबाट गएको अनुमोदनको निर्णय परिपक्व हुँदैन । त्यसकारण ब्रोकर कमिसन नै घट्यो भन्ने हिसाबले अहिले नै हल्लाखल्ला हुनु बेकार छ ।’  

धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष रमेशकुमार हमालको कार्यकालमा बोर्डले गत कात्तिक १ गते ब्रोकर कमिसनलाई समय सान्दर्भिक बनाउनका लागि केही घटाउने निर्णय गर्दै अर्थमन्त्रालयमा अनुमोदनका लागि सिफारिस गरेको थियो । तर, त्यो फाइल लामो समयसम्म अर्थमन्त्रालयमै अड्किएको थियो । सोही फाइल कार्यान्वयनको बाटो अर्थमन्त्रालयले खोलिदिएको हो । तत्कालीन अध्यक्ष हमाल हाल भ्रष्टाचार आरोपमा मुद्दा खेपिरहेका छन् । अध्यक्षविहीन बोर्ड निमित्तको भरमा चलिरहेको छ । सामान्यभन्दा सामान्य निर्णय गर्न समेत खुट्टा कमाउने बोर्डले ब्रोकर कमिसन घटाउने गरी बोल्ड निर्णय लिने सम्भावना भने कम छ ।  

तर धितोपत्र बोर्डले कात्तिकमा गरेको सिफारिसअनुसार ब्रोकर कमिसन घटाउने सञ्चालक समितिबाट समेत निर्णय भएमा लगानीकर्ताले ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.३६ प्रतिशत, ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३३ प्रतिशत, ५ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३० प्रतिशत, २० लाखदेखि १ करोड रुपैयाँसम्म ०.२७ प्रतिशत र १ करोड रुपैयाँ भन्दा माथिको कारोबारमा ०.२४ प्रतिशत ब्रोकर कमिसन तिर्नुपर्ने हुन्छ ।  

सेयर लगानीकर्ताले अहिले भने ५० हजार रुपैयाँसम्मको कारोबारमो ०.४० प्रतिशत, ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाखदेखि १ करोड रुपैयाँसम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोड रुपैयाँमाथिको कारोबारका लागि ०.२७ प्रतिशत ब्रोकर कमिसन बुझाउँदै आएका छन् ।  

धितोपत्र बोर्डमा अर्थमन्त्रालयका सहसचिव रितेशकुमार शाक्य समेत सञ्चालक रहेका छन् । कानून, न्याय मन्त्रालयका सहसचिव दलबहादुर अधिकारी, नेपाल राष्टबैंकका कार्याकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ लगायतका सरकारी अधिकारी समेत धितोपत्र बोर्डमा सञ्चालक रहेका छन् । उनीहरुको भूमिकामा पनि ब्रोकर कमिसन घटाउने निर्णय हुने/नहुने निर्भर रहेको स्रोत बताउँछ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.