मंगलवार, बैशाख ९,२०८२ 12:52:17
IME remit
  • मंगलवार, बैशाख ९,२०८२ 12:52:17
IME remit
Global IME Bank Limited

पूँजीबजारका तीन निकायले संयुक्त रुपमा अर्थमन्त्रीलाई कार्ययोजना बुझाउने, ब्याक टू ब्याक छलफलमा

Hyundai Nepal
पूँजीबजारका तीन निकायले संयुक्त रुपमा अर्थमन्त्रीलाई कार्ययोजना बुझाउने, ब्याक टू ब्याक छलफलमा
Nabil Bank Limited

काठमाण्डौ । नवनियुक्त अर्थमन्त्री बर्षमान पुनले पुँजीबजारको सुधारको विषयमा सुझाव मागेपछि नियामक निकाय पनि जुर्मुराएका छन्।

अघिल्ल्लो सरकार हुँदा सामान्य अवस्थामा चलेका नियामक निकायहरु अर्थमन्त्रीको रुपमा  बर्षमान पुन आएपछि जुर्मुराएका छन् ।  

पुँजीबजारका  समस्याको पहिचान, समाधानका उपाय र कार्ययोजनासहित अर्थमन्त्रीले सुझाव मागेपछि तीन नियामक निकाय ब्याक टू ब्याक छलफलमा व्यस्त देखिएका छन् । 

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

आज यही विषयमा धितोपत्र बोर्डका निमित्त अध्यक्ष नबराज अधिकारीले  नेप्से र सीडीएसीसँग छलफल गरेका छन् ।  

अर्थमन्त्रीले तीन निकायलाई नै पत्र पठाए पनि उनीहरुले दिने सुझाव समान प्रकारका हुन्छन् । यहीकारण बजारका प्रमुख तीन सरकारी निकाय एकैठाउँमा बसेर संयुक्त रुपमा सुझाव तथा कार्ययोजना तयार पार्ने बिषयमा छलफल भएको सीडीएसीका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले बताए । उनले भने–‘समय थोरै छ । पूँजीबजारका समस्या पनि सामूहिक छन् । त्यसैले हामी एकै ठाउँमा बसेर छलफल गरी निचोड निकाल्ने निश्कर्षमा पुग्यौं र यसैका लागि आज तीन निकायबीच छलफल भएको छ । तर ठोस निश्कर्षमा भने पुगिहालेका छैनौं ।’  

नेपाल स्टक एक्सचेञ्जका प्रबक्ता मुराहरि पराजुलीले पनि आज यसै विषयमा नेप्सेका सीइओ कृष्णबहादुर कार्की र बोर्डका निमित्त अध्यक्ष नबराज अधिकारीबीच छलफल भएको बताए । उनले पनि तीनवटै निकायले संयुक्त रुपमा सुझाव दिने दिशामा छलफल केन्द्रीत भएको पुष्टि गरे ।  

नेप्से र सिडिएससीसँग छलफल थालेको धितोपत्र बोर्डले बजारसम्बद्ध अन्य सरोकारवाला निकायसँग समेत सुझाव माग्ने क्रमलाई अगाडि बढाएको छ । यस क्रममा स्टक ब्रोकर एशोसिएसन अफ नेपालसँग पनि बोर्डले सुझाव मागेको छ । एशोसिएसनका अध्यक्ष धर्मराज सापकोटाले भने–‘हामी पनि छिट्टै सुझाव तयार पारेर बोर्डलाई बुझाउँछौं ।’

अर्थमन्त्रीको बजार सुधारका लागि एकपछि अर्को एक्सन, त्योसँगै बजारसम्बद्ध नियामक निकायको बढ्दो सक्रियताले लगानीकर्ताको मनोबल उकासिएको देखिएको छ । यहीकारण बजार सुधारको प्रयास मात्र हुँदा समेत नेप्सेमा उल्लासको अवस्था देखिएको छ । बजार दैनिक रुपमा बढिरहेको छ भने लामो समयदेखि उपयुक्त अवसर कुरेर बसेका लगानीकर्ता समेत देखिन थालेका छन् ।  

बजारमा खरीदचाप बढेकै कारण आज नेप्से परिसूचकलाई कारोबार रकमले पनि साथ दिएको छ ।  

बजार सुधारको प्रयाससँगै अर्थमन्त्रीले थप एक्सनहरु लिएको खण्डमा यसपटक बजार निकै माथि जाने लगानीकर्ताहरुको दाबी छ । कतिपयले त सामाजिक सञ्जालहरुमा 'Barshaman Pun, 3200 Soon' भन्ने अभियान नै चलाइरहेका छन् ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.