बिहीबार, बैशाख ११,२०८२ 02:15:10
IME remit
  • बिहीबार, बैशाख ११,२०८२ 02:15:10
IME remit
Global IME Bank Limited

सरकार विदेशी लगानीकर्ता खोज्न व्यस्त, सेयर बजारबाट भने लगानीकर्ता धमाधम पलायन हुँदै

Hyundai Nepal
सरकार विदेशी लगानीकर्ता खोज्न व्यस्त, सेयर बजारबाट भने लगानीकर्ता धमाधम पलायन हुँदै
Nabil Bank Limited

काठमाण्डौं । सरकारले लगानी भित्राउने उद्देश्यले आगामी वैशाख १५ र १६ गते काठमाण्डौमा लगानी सम्मेलन आयोजना गर्दैछ । अहिले अर्थमन्त्री लगनीकर्ता खोज्न अमेरिकाको भ्रमणमा छन् । तर यो बेला सेयर बजार भने दैनिक खसेर २ हजार विन्दु तल आएको छ ।

पूँजीबजार भनेको देशको मेरुदण्ड हो । पूँजीबजार चलेपछि मात्रै देशको.अर्थतन्त्र चलयमान हुने भएकाले यसलाई देशको मेरुदण्डको रुपमा लिइन्छ । त्यसैगरी देशको अर्थतन्त्रको अवस्था प्रतिविम्बित गर्ने भएकाले यसलाई देशको अर्थतन्त्रको ऐनाको रुपमा पनि लिइने गरिन्छ । अर्को शब्दमा भन्नुपर्दा कुनैपनि देशको पूँजीबजारलाई त्यस देशको अर्थतन्त्रको सूचकका रुपमा मान्ने गरिन्छ ।  

त्यसैले विदेशी लगानीकर्ताले लगानी गर्नुपूर्व त्यस देशको आर्थिक सूचकहरु जस्तै जीडीपी , प्रतिव्यक्ति आय, प्रतिफलको सम्भावना र पूँजीबजारको सूचक समेत नियाल्ने गर्छन् । नेपालमा हुन गईरहेको लगानी सम्मेलनमा पनि विदेशी लगानीकर्ताले यहि सूचकहरुलाई आधार बनाएर लगानी गर्ने सम्भावना उच्च देखिन्छ । तर सरकारले यस विषयम खासै चासो नदिएको सेयर बजारमा लगानीकर्ताहरुले आरोप लगाएका छन् ।  

सरकारले आफ्नै देशका लगानीकर्तालाई बेवास्ता गरेर बाह्य लगानीकर्ता खोज्दै हिडेको लगानीकर्ताले आरोप लगाएका छन् । कालिका सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ४६) मा भेटिएका एक लगानीकर्ताले यस्तै गुनासो गर्दै भने,‘हामीसँग पनि अमेरिकाको ग्रिन कार्ड छ । तर हामीले देशमा नै केही गरौं भनेर पूँजीबजारमा लगानी गर्यौं । तर बजार पछिल्लोपटक ३२ सयबाट खसे पछि कुनै पनि सरकारले केही गरेनन् । राष्ट्रबैंकको नीति निर्मम बन्यो । तर यसमा परिमार्जन गर्न सरकारले केही पहल गरेन् ।’

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

उनले यस्तै अवस्था यथावत रहिरहने हो भने विदेश पलायन हुनुको विकल्प नरहेको बताए । ‘देशमा बस्ने अवस्था नै रहेन । हामीसँगैका धेरै साथीहरु पलायन भईसके । हामी पनि जेनतेन बजारमा टिकेका छौ ।’ ती लगानीकर्ताले गुनासो गरे ।  

क्यापिटल म्याक्स सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ६२) मा भेटिएका एक लगानीकर्ताले पनि बजार एकोहोरो घटेको घट्यै गरेका कारण सेयर बजार धराप भएको बताए । उनले भने,‘लामो समय जेनतेन चलियो । छिमेकी देशहरुमा बजार अल टाइम हाइ पुगे । तर हाम्रो बजार माथि उठ्नै सेकेन । अब पनि बजार चलयमान भएन भने सेयर बजारमा टिक्न गाह्रो छ ।’  

प्राइमो सेक्युरिटिज(स्टक ब्रोकर नम्बर १६)मा भेटिएका लगानीकर्ताको विचारमा पनि बजारमा धेरै मारवाडी समुदाय पलायन हुँदै जान थालेको बताए । उनेले भने,‘पहिले हामीसँग कारोबार गर्ने मारवाडी साथीहरु अहिले सम्पर्कमा आउन नै चाहदैनन् । सेयर बजारको निरन्तरको गिरावट र संधै घाटाको व्यापार गर्ने अवस्था नभएकाले पलयान हुने अवस्था सिर्जना भएको छ । अन्य ब्यापार पनि चलेको छैन ।’

ती लगानीकर्ताले थपे,‘दोस्रो भनेको सेयर कारोबारमा स्रोत नखुलेका पैसा पनि आउने ठाँउ हो । अब पूँजीबजारमा प्रहरी पसेर स्रोत खोज्न थाल्यो भने बजारको अबस्था यस्तै हुन्छ भनेर भन्न सकिने अवस्था छैन । त्यसैले मारबाडी समूदाय सम्पत्ति शुद्धिकरण ऐन प्रतिनीधि सभाबाट पास हुँदा देखि नै निरुत्साहित छन् । सरकारले अब विश्वासको वातावरण नबानएसम्म सेयर बजारमा लगानीकर्ताको मनोबल बढ्दैन ।’  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.