शनिबार, फाल्गुन १०,२०८१ 10:12:58
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 10:12:58
IME remit
Global IME Bank Limited

जुन-जुन कमसल कम्पनी, तिनकै मूल्य चम्किन्छ ! सेयर बजार हो कि लंगुरबुर्जा खेल्ने ठाउँ ?

Hyundai Nepal
जुन-जुन कमसल कम्पनी, तिनकै मूल्य चम्किन्छ ! सेयर बजार हो कि लंगुरबुर्जा खेल्ने ठाउँ ?
Nabil Bank Limited

काठमाण्डौ । पूँजी बजार र जुवाबीच अन्तर हुन्छ । जुवामा केवल अनुमानका भरमा लगानी गरिन्छ भने पूँजी बजारमा स्वःअध्यन र विभिन्न प्राविधिक र आधारभूत तथ्यलाई आधारमानि लगानीको रणनीति बनाइन्छ । यस्तोमा सेयर बजारमा राम्रा र आर्थिक स्थिती राम्रा भएका कम्पनी लगानीकर्ताको रोजाइमा पर्नु कुनै आश्चर्यको विषय होइन ।  

तर नेपाली सेयर बजार भने यतिबेला विपरीत सिद्धान्तमा चलिरहेको छ । राम्रा र बलिया कम्पनीको सेयर दैनिक घटिरहेको छ भने कमसल र अझै नेगेटिभ रिपोर्ट भएका कम्पनीहरुको सेयरमूल्य भने दैनिक बढिरहेको छ । आफूले किनेका राम्रा कम्पनीहरुको सेयर दैनिक ओरालो लागे पछि केही लगानीकर्ता निराश बनेका छन् । अहिले बजारमा लो क्याप र अझ विशेषगरी नेगेटिभ रिपोर्ट भएका कम्पनीहरु मात्रै दैनिक उचालिन्छन् । ब्रोकर हाउसमा भेटिएका एक लगानीकर्ताले भने,‘अब रबिन्द्र भट्टराइले लेखेको किताब पनि व्यर्थ भयो । राम्रा र आधाभूत कम्पनीको सेयर त बढ्नै छाड्यो ।’  

अहिले फाइनान्स समूह मात्रै नभएर मूक्तिनाथ कृषी कम्पनी तथा कालिञ्चोक दर्शन कम्पनीको सेयर पनि दैनिक उचालिएको उनले बताए । अहिले कालिञ्चोक दर्शन कम्पनीको सेयर भाउ प्रतिकित्ता ११६० मा अन्तिम कारोबार भएको छ । मुक्तिनाथ कृषी कम्पनीको सेयर पनि ११९९ रुपैयाँ प्रति कित्तामा अन्तिम कारोबार भएको छ । मुक्तिनाथ कृषी कम्पनीको सेयरको बुक भ्यालु १ सय भन्दा तल छ भने प्रतिसेयर आम्दानी ४ रुपैयाँ मात्रै रहेको छ ।  

त्यसैगरि, कालिञ्चोक दर्शन कम्पनीको बुक भ्यालु पनि त्यस्तै दयनिय अवस्थामा छ । कालिञ्चोक दर्शनको बुक भ्यालु मुश्लिकले १०१ रुपैयाँ रहेको छ । यो कम्पनीको प्रतिसेयर आम्दानी पनि ६ रपैयाँ भन्दा तल रहेको छ । कालिञ्चोक दर्शन कम्पनीको चूक्ता पूँजी ६० करोड भन्दा पनि कम रहेको छ ।  

यो कम्पनीले सर्वसाधारणका लागि जम्मा २० प्रतिशत मात्रै सेयर निष्कासन गरेको थियो ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

त्यसैगरि, मुक्तिनाथ कृषी कम्पनीको पनि चुक्तापूँजी ७० करोड मात्रै रहेको छ । यो कम्पनीले पनि २० प्रतिशत मात्रै सेयर सर्वसाधारणमा जारी गरेको थियो । सानो पूँजी भएका कम्पनी त्यसमाथि पनि २० प्रतिशत मात्रै सेयर सर्वसाधारणमा जारी गरेको यी कम्पनीको सेयर मूल्य कम्पनीको आम्दानीका कारणले भन्दा पनि बजारमा भईरहेकहो चलखेलका कारण दिनानुदिन वृद्धि भईरहेको एक लगानीकर्ताले आरोप लगाए ।

‘अहिले नियामक निकाय नेतृत्वविहिन अवस्थामा छ । यहि मौका छोपेर केही कम्पनीमा अस्वभाविक रुपले सेयरमूल्य बढाइएको छ र सेयर बजारलाई लंगुरबुर्जा बनाएका छन्, ’ ती लगानीकर्ताले भने ।  

यी कम्पनी प्रतिनिधि मात्रै हुन् । बजारमा यस्ता हाइड्रो कम्पनीहरु पनि धेरै छन् । चलखेल गर्दै सेयरको मुल्य सयौं गुणाले उचालिएका छन् । बजारमा भईरहेको यस्तो प्रवृतिको विरोध गर्दै एक ब्रोकर सञ्चालकले पनि यसरी दैनिक रुपमा कमजोर कम्पनी उचालिए भने नियामक निकायले अझै कसीलो नीति ल्याउने बताए । ‘हामीले नियामक निकायबाट सहज नीतिको अपेक्षा त गछौं तर आफै पूँजीबाजरलाई लंगुरबुर्जा बनाउन लाग्छौ भने नियामक निकायलाई मात्रै दोष दिनु उचित हुदैन,’ उनले भने ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.