शुक्रबार, असार १३,२०८२ 08:46:39
  • शुक्रबार, असार १३,२०८२ 08:46:39
Global IME Bank Limited

पाँच दिनदेखि मध्य ब्याण्डमा सपोर्ट लिँदै नेप्से, अबको यात्रा कतातिर ?

Hyundai Nepal
पाँच दिनदेखि मध्य ब्याण्डमा सपोर्ट लिँदै नेप्से, अबको यात्रा कतातिर ?
Nabil Bank Limited

काठमाण्डौं । साताको पहिलो कारोबार दिन आज बजार दोहोरो अंकको वृद्धिका साथ बन्द भएको छ । यस अघि लगातार ७ कारोबार दिन घटेको बजार आज भने बढेको हो ।

प्राविधिक रुपमा अहिलेको बजारलाई डेली बेसमा बोलिङगर ब्याण्डका आधारमा  नियाल्दा बजारले बिगत ५ कारोबार देखि मध्य ब्याण्डमा सपोर्ट लिएको छ । 

CG Motors
Muktinath Bikas Bank Limited

अर्थात बजार मध्य ब्याण्डबाट तल खसि हालेको अबस्था भने छैन । भोल्युमका आधारमा नियाल्दा पनि बजार करिब ४ दिनदेखि ४ अर्ब आसपास रहेको छ । आवरली बेसमा बजारलाई हेर्दा मूल्य रेखा तल्लो ब्याण्डबाट फर्केर आज मध्य ब्याण्ड भन्दा केही माथि पुगेको छ ।  

म्याक्डी करिव बुलिस क्रस ओभरको नजिक रहेको छ । हिस्टोग्राम नेगेटिभ रहेता पनि छोटा–छोटा हुँदै गएका छन् । आरएसआई ओभर सोल्ड जोनबाट फर्केर ४६ को तहमा पुगेको छ । कारोबार र भोल्युमका आधारमा हेर्दा आज अन्तिम समयमा बजार बढ्दा कारोबार पनि बढेको छ ।

समग्र तीन वटै इन्डिकेटरबाट हेर्दा बजारमा पुनः अल्पकालिन लगानीकर्ता हाबी हुन सक्ने देखिएको छ । पिभट्का आधारमा नियाल्दा बजारले २१०८,२१६० र २२०० मा क्रमशः प्रतिरोध सामाना गर्न सक्छ । त्यसै गरि घटेमा भने २०८०,२०५० र २००० मा सपोर्ट लिन सक्छ ।  

अबको सम्भावना कस्तो ?

एक साताको अवधिमा आज दोहोरो अंकले बढेको बजार क्याण्डल स्टिक र इन्डिकेटरका आधारमा हेर्दा घट्न रोकिएको देखिन्छ ।  डेली बेसमा बजारले सपोर्ट जोन २०७५ मा ट्वीजर बटम बनाएर फर्केको छ  । यसको अर्थ बजारमा बिक्रीकर्ता हराउँदै गएको भन्ने हो । यस हिसाबले यदि आगामी कारोबारमा बजार २१०० भन्दा माथि टिकेर कारोबार हुन्छ भने पुन ः मािथको यात्रा लिन सक्छ । तर यदि बजार २०७५ भन्दा पनि तल कारोबार हुन्छ भने बजार केही समय साइडवेज पनि चल्न सक्छ ।

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुने भएकाले यो विश्लेषण कारोबारको लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.