काठमाण्डौ । सगरमाथा जलविद्युत कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म २ करोड २५ लाख ९३ हजार रुपैयाँ नाफा कमाएको छ ।
यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ३९.५१ प्रतिशत कम हो । गत आवको दोस्रो त्रैमाससम्म कम्पनीले ३ करोड ७३ लाख ५१ हजार रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको विद्युत बिक्री आम्दानी खुम्चिएसँगै नाफा घट्न पुगेको हो । गत आवको दोस्रो त्रैमाससम्म १३ करोड ६२ लाख ५० हजार रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको यो कम्पनीले चालु आवको सोही अवधिसम्म जम्मा १२ करोड २६ लाख ६८ हजार रुपैयाँ मात्रै आम्दानी गरेको छ ।
यसर्थमा कम्पनीको बिद्युत बिक्री आम्दानी गत आवको तुलनामा ९.९७ प्रतिशत घट्न पु्गेको छ ।
त्यस्तै, सो अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ३.९७ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १०७.७३ रुपैयाँ, पीई रेसियो १३७.०१ गुणा र तरलता अनुपात ०.४३ प्रतिशत रहेको छ ।

