बुधबार, असार १०,२०८३ 05:14:07
Bizshala
  • बुधबार, असार १०,२०८३ 05:14:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

यसपाली पनि लगानीकर्ताको दशैं खल्लो हुने संकेत, अधिकांश घाटामा सेयर बेच्दै

Laxmi Sunrise Bank Limited
यसपाली पनि लगानीकर्ताको दशैं खल्लो हुने संकेत, अधिकांश घाटामा सेयर बेच्दै

काठमाण्डौ । यसपाली पनि सेयर लगानीकर्ताहरुको दशैं खल्लो हुने करिब निश्चित भएको छ । विगत ३ वर्षदेखि वियरिस यात्रामा चलको सेयर बजार नयाँ सत्ता समिकरणसँगै विष्णु पौडेल अर्थमन्त्री भएपछि एक हजार अंकले बढेको थियो । तर त्यो बढोत्तरी धेरै लामो समय भने टिक्न सकेन ।  

गत भदौ २ गतेबाट ३ हजार विन्दुबाट ओरालो लाग्न थालेको नेप्सेको ओरालो यात्रा जारी नै छ । यसरी बजार एकाएक घट्दा पछिल्लो समय सेयर बजारप्रति लगानीकर्ताको चमक पनि हराएको छ । बजार बढ्दा खचाखच हुने ब्रोकर हाउस अहिले फेरि खाली हुन थालेका छन् । लगानीकर्ताले ब्रोकर हाउसहरुसँगको दुरी बढाएका छन् ।  

New Office
CG Motors
Garima Development Bank

बजार बढे पछि धेरै लगानीकर्ताहरुले सेयर बजारबाट नै दशैं खर्च निकाल्ने तथा घुमघाम गर्न जाने योजना पनि बुन्न थालेका थिए । तर बजारमा दैनिक घाटामा सेयर बेच्नुपरे पछि भने लगानीकर्ताहरुको योजना विफल बन्दै गईरहेको छ ।  

एक ब्रोकरले भने, ‘अहिले धेरै लगानीकर्ताहरु ट्रेडर छन् । अधिकांश ट्रेडरहरुले खातामा सेयर आउने बित्तिकै अझै सस्तोमा सेयर किन्न पाइने भन्दै सेयर बेचेको देखिन्छ । यस हिसाबले हेर्दा धेरै लगानीकर्ताहरुले घाटामा नै सेयर बेचेको देखिन्छ ।’

गत वर्षका दशैं पनि लगानीकर्ताहरुको लागि सुखद थिएनन् । सेयर बजार ३२ सयको विन्दुबाट  दैनिक घटे पछि धेरै लगानीकर्ताहरुले सवारी साधनमा पेट्रोल हाल्न समेत हम्मे–हम्मे परेको गुनासो गरेका थिए । केही लगानीकर्ताहरु त दशैंमा घर समेत फर्कन नसकेको भन्दै पीडा पोखेका थिए । अहिलेको बजारले पनि धेरै जसोलाई बितेका वर्षहरुमा जस्तै निराशा दिने लगानीकर्ताहरुले बताएका छन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

लगानीकर्ताहरु दैनिक बजार फर्कने आशामा सेयर एभरेजिङग गरेको देखिन्छ तर बजार भने निर्मम तरिकाले करिब ६ सय अंकले घटिसकेको छ । एक ब्रोकर भन्छन् ‘बजार यसरी घट्नुको मुख्य कारण भनेको उधारो कारोबार हो । बढ्दो बजारमा लगानीकर्ताले सेक्टर परिवर्तन गरेका हुन्छन् । तर घट्दो बजारमा भने नयाँ लगानीकर्ता र पैसा बजारमा आउँदैन । जसको कारण बजारमा बिक्री दबाब पर्न जान्छ ।’ यस्तै उनले यसपालि दशैं र असोज मसान्तको दबाब एकैपटक परेको समेत बताए । ‘दशैं पछि सेयर बेचेर असोज मसान्तको ब्याज तिर्न सम्भव छैन । त्यही कारण लगानीकर्ता घाटामा नै सेयर बेच्न बाध्य भएका छन्,’ उनले भने । अहिले घटिरहेको बजारमा नयाँ लगानीकर्ता अब तत्काल नआउने पनि ब्रोकरहरु बताउँछन् । ‘खेलाडिहरुले पैसा लिएर निस्किसके, साना लगानीकर्ताले मात्रै बजार धान्न सक्दैनन्,’ एक ब्रोकरले भने ।  

ब्रोकर हाउसमा भेटिएका अधिकांश लगानीकर्ता यसपाली पनि विगतमा जस्तै केही खेलाडिकै स्क्रिप्टमा फसेको देखिन्छ । क्लबहाउमा पनि खेलाडिकै सेयरमा आफूहरु फसेको लगानीकर्ताहरुले गुनासो गरेका छन् । केही लगानीकर्ताहरुले भने अहिले घटेको बजारलाई दशैंको रातो टीका भन्दै  अबसरको रुपमा लिनु पर्ने समेत बताएका छन् ।  

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.