बिहीबार, बैशाख ३१,२०८३ 07:10:37
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 07:10:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सेयरबजारमा ४६.७८ अंकको गिरावट, विज्ञ भन्छन्, ‘नाफा बुक जारी, आइतबारदेखि नेप्से उकालो !’

Laxmi Sunrise Bank Limited
सेयरबजारमा ४६.७८ अंकको गिरावट, विज्ञ भन्छन्, ‘नाफा बुक जारी, आइतबारदेखि नेप्से उकालो !’
Shivam Cement

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४६.७८ अंक अर्थात् १.६४ प्रतिशतले घटेर २७९६.५७ विन्दुमा कायम भएको छ । सेन्सिटिभ इन्डेक्स समेत आज १.६९ प्रतिशतले घटेको छ ।  

नेप्सेमा सूचीकृत ३२९ कम्पनीको ३ करोड ६० लाख ४९ हजार ४५१ कित्ता सेयर किनबेच हुँदा १३ अर्ब १८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  

आज म्युचुअल फण्ड समूह बाहेक सबै समूह रातो रङले पोतिएको छ । म्युचुअल फण्ड समूह ०.३४ प्रतिशतले बढेको छ ।  

सर्वाधिक घट्ने समूहमा फाइनान्स समूह रहेको छ । यो समूह आज २.०८ प्रतिशतले घटेको छ ।

त्यस्तै, बैंकिङ समूह १.८२ प्रतिशत, विकास बैंक समूह १.६१ प्रतिशत, होटल तथा पर्यटन समूह १.५६ प्रतिशत, हाइड्रो समूह ०.७१ प्रतितश, लगानी समूह १.८७ प्रतिशत, जीवन बीम समूह १.९८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह १.४३ प्रतिशत, माइक्रोफाइनान्स समूह १.६४ प्रतिशत, निर्जीवन बीमा समूह ०.९७ प्रतिशत र अन्य समूह १.८३ प्रतिशतले घटेको छ ।  

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल भन्छन्, ‘चुनावपछिको पहिलो कारोबार दिनमै सेयरबजार १६२ अंकले बढेको थियो, जसकारण हिजो र आज लगानीकर्ताहरुले नाफा बुक गरेका हुन् । साथै चुनावअघि केही लगानीकर्ताले सेयर किनेका थिए, चुनावपछि सबै कम्पनीको सेयरभाउ ह्वात्तै घटेपछि नाफा बुक गर्दा सप्लाई बढी आएको हो । यसबाहेक ब्रोकरहरु पनि आफ्नो हिसाब मिलान गर्दा सप्लाई बढी देखिएको कारण बजार दुई दिन घटेको छ । सम्भवतः यस हप्तासम्म बजार सामान्य घट्न सक्छ र अर्को सातादेखि बजारले लय लिन सक्ने सम्भावना बढी छ ।’

Bizshala
New Office
CG Motors

आज कमाउने टप १० कम्पनी  

आज सर्वाधिक कमाउने कम्पनीमा सालपा विकास बैंक रहेको छ । बैंकको सेयरभाउ १० प्रतिशतले बढेर ८६२.४० रुपैयाँ पुगेको छ । ्

त्यस्तै, नेशनल हाइड्रोपावरको ९.९६ प्रतिशत, रिलायन्स स्पिनिङ्ग मिल्सको ९.३३ प्रतिशत, रिडि पावरको ५.७२ प्रतिशत, कुमारी सबल योजनाको ५.१८ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ४.९७ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को ४.९५ प्रतिशत, एनआइबीएल समृद्धि फण्ड–२ को ३.८६ प्रतिशत, माईखोला हाइड्रोपावरको ३.८६ प्रतिशत र सुपर मादी हाइड्रोपावरको ३.८० प्रतिशतले सेयरभाउ बढेको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

सर्वाधिक गुमाउने शीर्ष १० कम्पनी  

आज सर्वाधिक गुमाउने कम्पनीमा कालिका पावर कम्पनी रहेको छ । कम्पनीको सेयरभाउ ८.४७ प्रतिशतले घटेर ५६२ रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, पन्चकन्या माई हाइड्रोपावरको ५.७७ प्रतिशत, थ्री स्टार हाइड्रोपावरको ५.३७ प्रतिशत, ट्रेड टावरको ४.४७ प्रतिशत, पियोर इनर्जीको ४.०१ प्रतिशत, ९.५ प्रतिशत मन्जुश्री फाइनान्सको डिबेञ्चरको ३.९० प्रतिशत, एनआइबीएल ग्रोथ फण्डको ३.८८ प्रतिशत, नेपाल बैंकको ३.८७ प्रतिशत, बोटलर्स नेपाल (बालाजु) लिमिटेडको ३.८५ प्रतिशत र लुम्बिनी विकास बैंकको ३.७९ प्रतिशलते घटेको छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.