बिहीबार, बैशाख ३१,२०८३ 07:13:49
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 07:13:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सेयर बजारमा ‘७२ घण्टे’ लगानीकर्ता बन्ने कि दीर्घकालिन ? यस्तो छ एक सफल इन्भेष्टरको अनुभव

Laxmi Sunrise Bank Limited
सेयर बजारमा ‘७२ घण्टे’ लगानीकर्ता बन्ने कि दीर्घकालिन ? यस्तो छ एक सफल इन्भेष्टरको अनुभव
Shivam Cement

काठमाण्डौ । नेपालीमा रहेको भनाई,‘सन्तान थरीथरीका’ भने जस्तै सेयर बजारमा पनि विभिन्न प्रकारका लगानीकर्ता भेटिन्छन् । बजारमा लगानीकर्ताका आ–आफ्ने लगानी रणनीति र कारोबार गर्ने शैलीहरु हुने गर्छन् ।

अहिले केही लगानीकर्ता ‘७२ घण्टे’को नामले चिनिन्छन् भने मध्य तथा दीर्घकालका लागि लगानी गर्नेको संख्या थोरै छ । सेयर बजारमा केही यस्ता लगानीकर्ता हुन्छन् जो खातामा सेयर आएपछि बेचिहाल्छन् । यस्ता लगानीकर्तालाई बजारमा ‘७२ घण्टे’को नामले चिनिन्छ । यसो भन्नको कारण के हो भने अहिले नेपालको सेयरबजारमा टी प्लस २ रहेको छ । अर्थात किनेको ३ कारोबार पछि सेयर बेच्न मिल्छ ।  

जसलाई सेयर कारोबारी पनि भनिन्छ । यस्ता लगानीकर्ताहरुबाट सरकासले कर पनि बढी नै लिने गर्छ । सेयर  बजारमा हामीले भेटेका लगानीकर्ताहरुको अनुभव, ज्ञान तथा उनीहरुको बिचारहरुलाई अन्य लगानीकर्ताहरुलाई पनि शिक्षा होस् भन्ने हेतुले पकस्दै आएका छौं ।

Bizshala
New Office
CG Motors

यसै सिलसिलामा आज हामी पुगेको सूमेरु सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३९) मा भेटिएका एक साहसी लगानीकर्ता दूर्गा गौतमका अनुभव तथा बिचारलाई समेट्ने प्रयास गरेका छौं । उनले ब्रोकरहाउसमा अन्य लगानीकर्तासँग गफगाफ गर्दा अनौपचारिक रुपमा आफ्नो धारणा राखेका हुन् । सेयर बजारमा प्रवेश गर्नुअघि गौतमले अन्य धेरै व्यापार–व्यवसाय हात हालेका थिए । अन्य व्यापार व्यवसायमा जस्तै सेयर बजारमा पनि अनेक आरोह अवरोह पार गरेका गौतम भन्छन् ‘अन्य व्यापार भन्दा सेयर बजार निकै सहज छ । बजार न्यून विन्दुमा आएको समयमा राम्रा कम्पनीमा लगानी गरेर बसेमा बजारले एकपटक राम्रै प्रतिफल दिन्छ । खासगरि सेयर बजार ब्याजदर न्यून विन्दु भएको बेला माथि लाग्ने गर्छ । त्यही भएर सस्तो ब्याजदर पुगेको समयमा सेयर कर्जा नै लिएर भएपनि बजारमा लगानी गरी घाटाबाट बच्न सकिन्छ । अन्य व्यापारमा जस्तै यसमा पनि कहिलेकाही निकै कठिन अवस्था पनि आउछ ।’

गौतम थप्दै भन्छन् ‘कठिन समयमा टिक्नसक्नु भयो भने सेयर बजार सुन्दर पनि छ ।’ आफूले ४६ सयमा किनेको सेयर १२ सयमा आउदा पनि नआत्तिएको तर पछि त्यतिनै बराबर कित्ता थपेर किनेर नाफा मा नै बेचेको उनको अनुभव रहेको छ । उनको अनुभवमा बजार टप लागेको समयमा भने सेयर बेच्न पनि सक्नुपर्छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

गौतमले सेयर बजारमा तिता मिठा दुवै अनुभवहरु संगालेका छन् । एक पटकको कठिन अनुभब सुनाउदै गौतमले भने, ‘सेयर बजार घटेर २९२ विन्दुमा आएको समय निकै पीडादायी अवस्था थियो । त्यो समयमा बल्ल बल्ल परिवालाई विश्वासमा लिएर घर नै धितो राखेर कर्जा लिएर सेयर किने । त्यस पछि भने मैले सेयर बजारबाट पछि फर्कनु परेको छैन ।’

सेयर बजारमा सफल हुन घर परिवारको पनि साथ चाहिने गौतम बताउछन् । उनले अन्य लगानीकर्ताहरुलाई पनि ७२ घण्टे हुनु भन्दा पनि योजना बनाएर लगानी गर्दा सफल हुन सकिने सुझाव दिए ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.