शनिबार, फाल्गुन १०,२०८१ 09:53:26
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 09:53:26
IME remit
Global IME Bank Limited

'Barshaman Pun, 3200 Soon' अभियानले सार्थकता पाउने संकेत देखिएको हो ? यसो भन्छन् जानकार

Hyundai Nepal
'Barshaman Pun, 3200 Soon' अभियानले सार्थकता पाउने संकेत देखिएको हो ? यसो भन्छन् जानकार
Nabil Bank Limited

काठमाण्डौ । साढे २ बर्ष  देखि सेयर बजार निकै दवावमा छ । २०७८ साल भदौ २ गते करिव ३२ सयको विन्दु  चुमेर खसेको सेयरबजार हाल २०५२ को विन्दुमा बन्द भएको छ । साढे २ वर्षको अन्तरालमा सेयर बजार १८ सयको विन्दुमा ४ पटकसम्म झरिसकेको छ । तर २२ सयबाट माथि जान भने सकेको छैन ।  

अहिले सेयर बजारले नवनियुक्त अर्थमन्त्रीबाट धेरै अपेक्षा गरिरहेको छ । लगानीकर्ताहरु वर्षमान पुनको कार्यकालमा बजारले यसअघिको उच्च विन्दु ३२०० पुग्ने आश गरिरहेका छन् । नयाँ सत्ता समिकरण सँगै नयाँ अर्थमन्त्रीको रुपमा बर्षमान पुन आए पछि पूँजीबजार सुधारका लागि सरोकारवालहरु सँग सुझाब माग भएको छ । यसै विषयलाई लिएर आज हामीले विभिन्न लगानीकर्ता तथा तिनका नेताहरुलाई पूँजीबजारको विकासको लागि सरकारले तत्काल गर्नु पर्ने काम के के हुनसक्छन ?भनेर साधेका छौं ।  

नेपाल इ्न्भेष्टर फोरमका  अध्यक्ष तुलसी राम ढकाल २०७८ सालको राष्ट्र बैंकको मौद्रिक नीतिका कारण सेयर बजारमा गिरावट आएको बताउँछन् । त्यस बेलाको नीतिमा केही सुधार भएता पनि अझै सुधार हुने ठाउँ बाँकी रहेको उनको बुझाई रहेको छ ।

‘यदि अब सरकारले पूँजीबजारको विकास चाहने हो भने १५–२० करोडको क्याप हटाउनु पर्छ । पूँजीबजारमा हाल कायम रहेको जोखिम भारलाई पनि घटाउनु पर्छ । हाल बैंक तथा वित्तिय क्षेत्रलाई सेयर किन्न रोकिएको छ । त्यसलाई खोरेज गर्नु पर्छ ।’ढकाल भन्छन् ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

ठूला संस्थागत लगानीकर्ताहरु एनटीसी तथा सीआइटी जस्ता संस्थाहरुलाई पूँजीबजारमा लगानी गर्न भित्राउनु पर्ने ढकालको माग रहेको छ । ढकाल भन्छन्,‘यसको साथै धितोपत्र बोर्डमा अध्यक्ष तत्काल आबश्यक रहेको छ । पुरानो स्टक एक्सचेञ्जलाई सुधार गर्दै नयाँ स्टक एक्सचेञ्ज पनि आवश्यक छ ।’  

यसको साथै कर र ब्रोकर कमिसन पनि समय सापेक्ष बनाउनु पर्नेमा उनले जोड दिएका छन् ।  

त्यसै गरि नेपाल सेयरधनी संघका उपाध्यक्ष कमलराज अधिकारी पूँजी बजारका आम लगानीकर्ताहरुका लागि व्यावसायिक वातवरण हुनु पर्ने बताउँछन् । ‘अहिले पूँजी बजार राष्ट्र बैंकको  नीतिले प्रभाव पारेको छ । जसअन्तगर्त सबै भन्दा पहिले नेपाल राष्ट्र बैंकले लगाउँदै आएको जोखिम भार घटाउनु पर्छ । अहिलेको अबस्थामा पूँजी बजारमा जोखिम भारको कुनै औचित्य रहेको छैन । यो संगै १५–२० करोडको क्याप पनि हटाउन आवश्यक देखिन्छ ।’ अधिकारी भन्छन्,‘लगानीकर्ताहरुले लिदै आएको कर्जाको पूनःतालिकीकरण तथा नविकरण, २०८२ सालसम्मका लागि थप गरिदिनु पर्छ । हाल पूँजी बजारमा लाग्दै आएके पुँजीगत लाभकर पनि अल्पकालिन ,मध्यकालिन र दीर्घकालिन रुपमा बर्गिकरण गरेर घटाउनु आबश्यक छ । जसमा अल्पकालिन लगनीकर्ताहरुलाई कर घटाउनु पर्ने हुन्छ । करको दर भन्दा पनि सरकारले दायरा बढाउनु पर्छ ।’

त्यसै गरि सेयर लगानीकर्ता संघका कार्यबाहक अध्यक्ष तारा प्रसाद फुलेलले पनि सरकारले पूँजीबजारमा केही राहत दिने हो भने तत्काल हालको सेयर कर्जामा लाग्दै आएको जोखिमा भार घटाउनु पर्ने बताउँछन् । ‘१५–२० करोडको क्याप हटाउनु पर्छ । निक्षेपको ब्याज घटेता पनि कर्जाको ब्याज घटेको छैन । यो पनि घटाउनु पर्छ । ब्रोकर कमिसन तथा पूँजीगत लाभकार पनि समय अनुकूल परिमार्जित गर्नु पर्छ । ब्रोकर कमिसन घटाउने विषय अर्थ मन्त्रालयमा पुगेर रोकिएको छ । यी काम तत्काल भएको खण्डमा पूँजीबजार चलयमान हुनेछ ।’

पूँजीबजार लगाकनीकर्ता संघकी अध्यक्ष राधा पोखरेल भने बोलिले मात्रै पूँजी बजारमा सुधार नआउने र ठोस परिणामका लागि काम गरेर देखाउनुपर्ने तर्क गर्छिन ।

 ‘अहिलेको कोमामा रहेको पूँजीबजार मूखले भनेर मात्रै सुधार हुँदैन । अहिले भनेको काम गरेर क्षमता प्रदर्शन गर्नुपर्ने बेला हो । पूँजीबजार बढ्नलाई ठूला लगानीकर्ताहरुमा विश्वास चाहिन्छ  । ठूला लगानीकर्तामा आत्मविश्वास पैदा गर्न सकियो भने मात्रै  लगानी भित्रन्छ  ।’ पोखरेल भन्छिन्,‘दक्षिणाको पैसाले मात्रै सेयर बजार बढ्दैन । त्यसैले नीतिमा नै फेरबदल हुनु पर्छ । अहिले धितोपत्रबोर्ड अध्यक्ष विहिन रहेको छ । बोर्डमा हाम्रो भन्दा पनि राम्रो मानिस चाहिएको छ ।’  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.