'तरलता र सस्तो ब्याजदरको सहारा पनि लागेन, सेबोनको अस्थिर नीतिको दबाबले नेप्से सुस्त' :तुलसीराम ढकाल
काठमाण्डौ । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले बैंकिङ प्रणालीमा पर्याप्त तरलता, सस्तो ब्याजदर र सेयर कर्जामा नीतिगत सहजता हुँदाहुँदै पनि लगानीकर्ताको मनोबल कमजोर रहेकाले सेयर बजारले अपेक्षित गति लिन नसकेको बताएका छन्।ढकालका अनुसार अहिले पुँजी बजारका लागि समष्टिगत आर्थिक वातावरण विगतको तुलनामा अनुकूल देखिए पनि नियामक निकायको अस्थिर नीति, असोज मसान्तको...

