चुनावी माहौलले तात्यो सेयर बजार, विश्लेषक भन्छन्-'सबै ठीकठाक भए नेप्सेले अलटाइम हाईको रेकर्ड ब्रेक गर्नसक्छ' !
काठमाण्डौ । लामो समयदेखि साइडवेज ट्रेन्डमा अल्झिएको सेयरबजारले क्रमशः गति समाउन थालेको संकेत देखिन थालेको छ । देशमा चुनावी माहोल बन्दै जाँदा सेयर लगानीकर्तामा नयाँ उत्साह र सक्रियता देखिएको छ ।अस्थिर राजनीति र सरकारप्रति विश्वासको कमीका कारण पछिल्ला महिनाहरूमा लगानीकर्ताको मनोबल कमजोर रहँदा बजार अपेक्षित रूपमा अघि बढ्न सकेको थिएन । तर चुनावी प्रक्रिया स्पष्ट बन्दै...

