आईतवार, बैशाख ६,२०८३ 01:34:58
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 01:34:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

चुनावी माहौलले तात्यो सेयर बजार, विश्लेषक भन्छन्-'सबै ठीकठाक भए नेप्सेले अलटाइम हाईको रेकर्ड ब्रेक गर्नसक्छ' !

Bizshala
चुनावी माहौलले तात्यो सेयर बजार, विश्लेषक भन्छन्-'सबै ठीकठाक भए नेप्सेले अलटाइम हाईको रेकर्ड ब्रेक गर्नसक्छ' !
Shivam Cement

काठमाण्डौ । लामो समयदेखि साइडवेज ट्रेन्डमा अल्झिएको सेयरबजारले क्रमशः गति समाउन थालेको संकेत देखिन थालेको छ । देशमा चुनावी माहोल बन्दै जाँदा सेयर लगानीकर्तामा नयाँ उत्साह र सक्रियता देखिएको छ ।

अस्थिर राजनीति र सरकारप्रति विश्वासको कमीका कारण पछिल्ला महिनाहरूमा लगानीकर्ताको मनोबल कमजोर रहँदा बजार अपेक्षित रूपमा अघि बढ्न सकेको थिएन । तर चुनावी प्रक्रिया स्पष्ट बन्दै जानु र आगामी नयाँ सरकारले पूँजीबजारमैत्री नीति ल्याउने आशाले बजारमा सकारात्मक मनोविज्ञान बनेको छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

बजार बढ्नका लागि थुप्रै सकारात्मक आधारहरू भए पनि केही समयअघि राजनीतिक अनिश्चितता र पुस मसान्तको दबाबका कारण ठूलो उतारचढाव देखिएको थिएन । अब भने पुस मसान्तको वित्तीय दबाब सकिनुका साथै चुनावी माहोल थप सुदृढ बन्दै गएपछि सेयरबजारले पुनः लय समाउने अपेक्षा लगानीकर्ताले गरेका छन् । यही कारण आज तीन महिनायताकै उच्च कारोबार देखिएको छ ।

सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा फुलेलका अनुसार नयाँ सरकार गठनपछि अर्थतन्त्रका सूचकहरू सुधारतर्फ उन्मुख हुने र त्यसको प्रत्यक्ष प्रभाव पूँजीबजारमा पर्ने विश्वास गरिएको छ ।
“अहिले देशभर चुनावी माहोल छ, लगानीकर्तामा उत्साह बढेको देखिन्छ,” उनले भने, “समयमै चुनाव भएर नयाँ सरकार बने अर्थतन्त्र ट्र्याकमा फर्किन्छ र पूँजीबजारले गति लिन्छ ।”

फुलेलका अनुसार बजार बढ्नका लागि आवश्यक अधिकांश पक्षहरू अनुकूल अवस्थामा छन् । यद्यपि, उनले बजार ह्वात्तै उकालो लाग्नु भन्दा क्रमिक र स्थिर वृद्धिलाई नै स्वस्थ संकेतका रूपमा लिनुपर्ने बताए । “सबै कुरा सकारात्मक छन्, तर अचानक ठूलो उछाल भन्दा विस्तारै बढ्ने बजार दीगो र स्थिर हुन्छ,” उनले भने, “यसअघिको अस्थिर राजनीतिले घटेको बजार अब क्रमशः माथि उक्लिन सक्छ, यद्यपि तत्कालै अलटाइम हाई तोड्न भने चुनौतीपूर्ण देखिन्छ ।”

CG Motors
Garima Development Bank
IME remit

यस्तै, नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले पुस मसान्तको दबाब सकिएसँगै चुनावी माहोलले बजारलाई थप सकारात्मक ऊर्जा दिएको बताए ।

“अहिले लगानीकर्ताका लागि सबैभन्दा ठूलो दबाब पुस मसान्त सकिएको छ,” उनले भने, “समयमै चुनाव भएर नयाँ सरकार बने देशको समग्र सिस्टम सही दिशामा जान्छ, अर्थतन्त्र चलायमान हुन्छ र पूँजीबजारले नयाँ उचाइ समाउने विश्वास बढेको छ ।”

पाण्डेका अनुसार घट्दो ब्याजदर, सुधारोन्मुख आर्थिक सूचक र राजनीतिक स्थिरताप्रतिको आशाले लगानीकर्ताको मनोबल बढाएको छ । “बजार कुन उचाइमा पुग्छ भन्ने कुरा अन्ततः लगानीकर्ताकै विश्वास र निर्णयमा निर्भर गर्छ,” उनले भने, “चुनावपछि जुनसुकै सरकार आए पनि पूँजीबजारलाई सम्बोधन गर्न उत्साहित देखिनु आफैंमा सकारात्मक संकेत हो ।”

बजारलाई दीगो रूपमा मजबुत बनाउन दीर्घकालीन लगानीकर्ताको भूमिका निर्णायक हुने पाण्डे बताउँछन् ।
“अहिले बजारमा ट्रेडरहरू बढी हाबी हुनु नै असन्तुलनको मुख्य कारण हो,” उनले भने, “यदि दीर्घकालीन होल्ड गर्ने ठूला लगानीकर्ता सक्रिय भए भने बजार अझै माथि जान सक्छ । पछिल्लो एक सातायता त्यस्ता लगानीकर्ताको प्रवेश देखिन थालेको छ, जसले बजारलाई क्रमशः माथि लैजाने संकेत गर्छ ।”

बजार विश्लेषक अजय सिंह थापा (जयशम्भु)ले राजनीतिक स्थिरता कायम रहेमा सेयरबजारले अघिल्लो अलटाइम हाईसमेत तोड्न सक्ने सम्भावना औंल्याए ।
“राजनीतिक दलबीचका समस्या समाधान भई तोकिएकै समयमा चुनाव सम्पन्न भए बजारले २८ सयदेखि ३ हजार विन्दु पार गर्न सक्छ,” उनले भने, “अहिले बजार बटम जोनबाट निकै माथि आइसकेको छ र कारोबार रकम निरन्तर बढिरहेको छ, जसले दीर्घकालीन लगानीकर्ताको आगमन संकेत गर्छ ।”

उनका अनुसार कारोबार रकम १८-२० अर्ब रुपैयाँको दायरा पुग्दै गए बजारले ३ हजारदेखि ३ हजार २ सय विन्दु समेत ब्रेक गर्ने सम्भावना बढ्छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.