सस्तो सेयरको लोभमा कमजोर कम्पनी त किन्दै हुनुहुन्न ? पहिला नेपाली जानकारका यी सुझाव सुन्नुहोस्
काठमाण्डौ । दशैंमा हात परेको बोनस वा केही समयदेखि जम्मा गरेको बचत सेयरबजारमा लगाउने सोचमा हुनुहुन्छ ? अरूले कमाएको सुन्दा बजार प्रवेश गर्न मन लाग्नु स्वाभाविक हो। तर, सेयर किन्नुअघि एउटा प्रश्नको उत्तर खोज्न आवश्यक छ—तपाईं कम्पनीको अवस्था बुझेर लगानी गर्दै हुनुहुन्छ कि मूल्य बढ्ने आशामा मात्रै पैसा हाल्दै हुनुहुन्छ ?नयाँ लगानीकर्ताका लागि यही भिन्नताले ठूलो अर्थ राख्छ।...

