सर्किट सीमा बढ्दा हलचल: ‘अकल्पनीय बर्बादी’को चेतावनी, निर्णयकर्तालाई बर्खास्त गर्न माग
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले सोमबार (बैशाख ७, २०८३)देखि लागू गर्न लागेको नयाँ सर्किट ब्रेकरसम्बन्धी व्यवस्थाले पूँजीबजारमा तीव्र बहस जन्माएको छ। हालसम्म १० प्रतिशतको सीमामा लागू हुँदै आएको सर्किट अब १५ प्रतिशतमा पुर्याइएपछि बजारमा एकातिर असन्तुष्टि चुलिएको छ भने अर्कातिर यसलाई 'बजारमैत्री सुधार'का रूपमा पनि व्याख्या गरिएको छ।

