शुक्रबार, असार १३,२०८२ 08:55:12
  • शुक्रबार, असार १३,२०८२ 08:55:12
Global IME Bank Limited

दिनभर बढेको बजार अन्तिममा किन टिक्न सकेन ? यसो भन्छन् ब्रोकर

Hyundai Nepal
दिनभर बढेको बजार अन्तिममा किन टिक्न सकेन ? यसो भन्छन् ब्रोकर
Nabil Bank Limited

काठमाण्डौ । लामो रस्साकस्सीपछि देशले १८ औं गभर्नरको रुपमा बिश्वनाथ पौडेललाई पाएको छ । लामो समयपछि गभर्नर नियुक्ति भएसँगै आज सेयर बजारमा पहिलो प्रहरमा सेयर बजार उच्च अंकले बढेको थियो । कारोबार सुरु हुनुअघिसम्म लगानीकर्ता उत्साहित देखिन्थे । ब्रोकरहाउसहरुमा पनि आज अन्य दिनको भन्दा भिन्न माहोल देखिन्थ्यो ।  

लामो समयदेखि सुनसान हुने गरेका ब्रोकरहाउसहरु आज भने अन्य दिनको तुलनामा भरिभराउ देखिन्थे । आज सामाजिक सञ्जालदेखि ब्रोकरहाउसमा कारोबार नै हल्ट हुने गरि सर्किट ब्रेक लाग्ने अनुमान पनि चलेका थिए । प्रि–ओपन सेसनमा करिब ३७ अंकले बढेर बजार खुलेको थियो । कारोबारको पहिलो प्रहरमा झण्डै साढे तीन प्रतिशतले बढेर कारोबार भएको थियो ।  

लगानीकर्ताहरुले अनुमान गरे जस्तै कारोबारको पहिलो प्रहरमा ४ प्रतिशतले बढेको भए बजारमा लामो समयपछि सकारात्मक सर्किट पनि लाग्न सक्थ्यो । तर सबैको अनुमान विपरीत त्यस्तो भने हुन सकेन । यस अघि अर्थमन्त्रीको रुपमा बिष्णु पौडेल आँउदा बजारमा सकारात्मक सर्किट नै लागेको थियो । ब्रोकर हाउसमा लगानीकर्ताहरुले लड्डु पनि बाँढेका थिए ।  

CG Motors
Muktinath Bikas Bank Limited

आज पनि नयाँ गभर्नर आउँदै गर्दा त्यही अवस्थामा पुगेको बजारमा बिस्तारै बिक्री दवाव आएर अन्त्यमा झण्डै ८ अंकले घटेर बन्द भयो । यसरी अनुमान गरे भन्दा बिपरित रुपमा बजार चले पछि आज सामाजिक सञ्जालदेखि ब्रोकर हाउसहरुमा लगानीकर्ताहरु अन्यौल्तामा देखिन्छन् । यसै विषयलाई लिएर हामीले केही ब्रोकरहरुलाई आजको बजारको बिषयमा बजारको पछिल्लो अबस्था, बजार घट्नुको कारण र अबको सम्भावनाको विषयमा जिज्ञासा पनि राखेका छौं ।  

भिजन सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३४) का सञ्चालक राजकुमार तिमिल्सिनाले पछिल्लो समय बजार एक दूइ दिन बढे पछि टिक्नै नसक्न्ुमा २÷३ वटा कारण रहेको बताउँछन् । उनी भन्छन् ‘पूँजीबजारमा उद्योगी ब्यबसायिको पैसा आउने अबस्था नै छैन । किनकी उनीहरु सबै समस्यामा छन् । बजारमा सप्लाई बढेको बढ्यै छ । हकप्रद र आईपीओ आएको आएै छ । सप्लाई धान्ने गरि माग सिर्जना गर्ने काम हुन सकेको छैन । विदेशी लगानी भित्राउने काम पनि भएको छैन । सेयर बजार टिक्नको लागि नयाँ पैसा नै आउनु पर्छ । पछिल्लो पल्टबजारमा खासै नयाँ पैसा आएको छैन ।’

अर्को एक ब्रोकरले नाम नलेख्ने सर्तमा धेरै लगानीकर्ताहरु ब्रोकरकै पैसामा चल्न खोज्दा पनि बजार टिक्न नसकेको बताए । त्यसैगरि, अहिले सामाजिक सञ्जालमा पूँजीबजारको विषयमा धेरै नकारात्मक बिषयले ठाँउ पाँउदा पनि बजारमा नयाँ पैसा नआएका केही ब्रोकरहरुको बुझाई रहेको छ । केही ब्रोकरले भने पछिल्लो केही दिनदेखि बढेको बजारमा आज नाफा बुक भएको र अब सेक्टर रोटेशन हुन सकेको खण्डमा बजारले पुन गति लिन सक्ने तर्क गरे ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.