बिहीबार, बैशाख ३१,२०८३ 07:11:31
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 07:11:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

दिनभर बढेको बजार अन्तिममा किन टिक्न सकेन ? यसो भन्छन् ब्रोकर

Laxmi Sunrise Bank Limited
दिनभर बढेको बजार अन्तिममा किन टिक्न सकेन ? यसो भन्छन् ब्रोकर
Shivam Cement

काठमाण्डौ । लामो रस्साकस्सीपछि देशले १८ औं गभर्नरको रुपमा बिश्वनाथ पौडेललाई पाएको छ । लामो समयपछि गभर्नर नियुक्ति भएसँगै आज सेयर बजारमा पहिलो प्रहरमा सेयर बजार उच्च अंकले बढेको थियो । कारोबार सुरु हुनुअघिसम्म लगानीकर्ता उत्साहित देखिन्थे । ब्रोकरहाउसहरुमा पनि आज अन्य दिनको भन्दा भिन्न माहोल देखिन्थ्यो ।  

लामो समयदेखि सुनसान हुने गरेका ब्रोकरहाउसहरु आज भने अन्य दिनको तुलनामा भरिभराउ देखिन्थे । आज सामाजिक सञ्जालदेखि ब्रोकरहाउसमा कारोबार नै हल्ट हुने गरि सर्किट ब्रेक लाग्ने अनुमान पनि चलेका थिए । प्रि–ओपन सेसनमा करिब ३७ अंकले बढेर बजार खुलेको थियो । कारोबारको पहिलो प्रहरमा झण्डै साढे तीन प्रतिशतले बढेर कारोबार भएको थियो ।  

लगानीकर्ताहरुले अनुमान गरे जस्तै कारोबारको पहिलो प्रहरमा ४ प्रतिशतले बढेको भए बजारमा लामो समयपछि सकारात्मक सर्किट पनि लाग्न सक्थ्यो । तर सबैको अनुमान विपरीत त्यस्तो भने हुन सकेन । यस अघि अर्थमन्त्रीको रुपमा बिष्णु पौडेल आँउदा बजारमा सकारात्मक सर्किट नै लागेको थियो । ब्रोकर हाउसमा लगानीकर्ताहरुले लड्डु पनि बाँढेका थिए ।  

Bizshala
New Office
CG Motors

आज पनि नयाँ गभर्नर आउँदै गर्दा त्यही अवस्थामा पुगेको बजारमा बिस्तारै बिक्री दवाव आएर अन्त्यमा झण्डै ८ अंकले घटेर बन्द भयो । यसरी अनुमान गरे भन्दा बिपरित रुपमा बजार चले पछि आज सामाजिक सञ्जालदेखि ब्रोकर हाउसहरुमा लगानीकर्ताहरु अन्यौल्तामा देखिन्छन् । यसै विषयलाई लिएर हामीले केही ब्रोकरहरुलाई आजको बजारको बिषयमा बजारको पछिल्लो अबस्था, बजार घट्नुको कारण र अबको सम्भावनाको विषयमा जिज्ञासा पनि राखेका छौं ।  

भिजन सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३४) का सञ्चालक राजकुमार तिमिल्सिनाले पछिल्लो समय बजार एक दूइ दिन बढे पछि टिक्नै नसक्न्ुमा २÷३ वटा कारण रहेको बताउँछन् । उनी भन्छन् ‘पूँजीबजारमा उद्योगी ब्यबसायिको पैसा आउने अबस्था नै छैन । किनकी उनीहरु सबै समस्यामा छन् । बजारमा सप्लाई बढेको बढ्यै छ । हकप्रद र आईपीओ आएको आएै छ । सप्लाई धान्ने गरि माग सिर्जना गर्ने काम हुन सकेको छैन । विदेशी लगानी भित्राउने काम पनि भएको छैन । सेयर बजार टिक्नको लागि नयाँ पैसा नै आउनु पर्छ । पछिल्लो पल्टबजारमा खासै नयाँ पैसा आएको छैन ।’

Garima Development Bank
Shivam Cement
IME remit

अर्को एक ब्रोकरले नाम नलेख्ने सर्तमा धेरै लगानीकर्ताहरु ब्रोकरकै पैसामा चल्न खोज्दा पनि बजार टिक्न नसकेको बताए । त्यसैगरि, अहिले सामाजिक सञ्जालमा पूँजीबजारको विषयमा धेरै नकारात्मक बिषयले ठाँउ पाँउदा पनि बजारमा नयाँ पैसा नआएका केही ब्रोकरहरुको बुझाई रहेको छ । केही ब्रोकरले भने पछिल्लो केही दिनदेखि बढेको बजारमा आज नाफा बुक भएको र अब सेक्टर रोटेशन हुन सकेको खण्डमा बजारले पुन गति लिन सक्ने तर्क गरे ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.