बिहीबार, बैशाख ३१,२०८३ 04:32:18
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 04:32:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सरकारका सय दिनः सेयर बजारका लागि उपलब्धिविहीन, अर्थमन्त्रीको कुरा ठूला काम शून्य !

Laxmi Sunrise Bank Limited
सरकारका सय दिनः सेयर बजारका लागि उपलब्धिविहीन, अर्थमन्त्रीको कुरा ठूला काम शून्य !
Shivam Cement

काठमाण्डौ । दुई ठूला दल नेपाली काङ्ग्रेस र नेकपा एमाले मिलेर बनेको अहिलेको सरकारले एकसय दिन पूरा गरेको छ । इतिहास पल्टाएर हेर्ने हो भने यो सरकार ०४८ सालपछिकै शक्तिशाली हो । दुई ठूला दलमा अन्य केही साना दल मिल्दा करिब २ तिहार्इ बहुमत समर्थन प्राप्त सरकार बनेको देखिन्छ ।  

बाहिरबाट हेर्दा यो सरकार निकै शक्तिशाली देखिन्छ । त्यति मात्रै नभएर प्रदेशदेखि केन्द्रसम्म यिनै दुई ठूला दलको सरकार छ । देशमा संवैधानिक अंगहरु, अड्डा अदालत तथा अख्तियारसम्म पनि यहि सरकारकै दबदबा रहेको छ ।  

यी सबै विषय सरकारको पक्षमा हुँदाहुँदै पनि सरकारले आवश्यक समन्वय गर्न नसक्दा जनतामा देखिने गरी खासै काम भने हुन सकेको छैन ।  

यसकारण सेयर बजारलाई शून्य

नयाँ सरकार र नयाँ अर्थमन्त्री बनेसँगै पूँजीबजारमा नयाँ उमंग छाएकोे थियो । अर्थमन्त्रीमा विष्णु पौडेल आएपछि सेयर बजारमा सुधार आउने आशामा पूँजीबजारले करिब १ हजार अंकको छलाङ मारेको थियो ।  

लामो समय पूँजीबजारले गति लिन नसकिरहेको अवस्थामा अर्थमन्त्रालयमा विष्णुप्रसाद पौडेल आएपछि नेपाल राष्ट्र बैंकसँग ट्युनिङ मिल्ने र नीतिहरुमा केही पुनरावलोकन हुने अपेक्षा लगानीकर्ताहरुमा थियो । तर, अपेक्षा विपरीत नेपाल राष्ट्र बैंकको नीतिमा धेरै बदलाब देखिएन । संस्थागत लगानीकर्ताहरुलाई क्याप खोल्नेबाहेक नीतिमा केही पनि फेरबदल भएन ।  

Bizshala
New Office
CG Motors

लगानीकर्ताहरुले राखेका मुख्य मागहरुमा जोखिमभार घटाउने , व्यक्तिगततर्फ पनि सेयर धितो कर्जाको सीमा हटाउने जस्ता बुँदाहरु समावेश थिए । जुन विषय मौद्रिक नीतिमा समेटिएनन् । यसले पनि लगानीकर्ताहरुमा सोचेजस्तो उत्साह आएन । जसको कारण ३ हजारमाथि पुगेको बजार पुनः २५ सय तल आयो ।  

लगानीकर्ताले नयाँ सरकारकाबाट अपेक्षा गरेको अर्को मुख्य विषय धितोपत्र बोर्डको अध्यक्षको शीघ्र नियुक्ति पनि हो । जुन विषय १० महिनादेखि अलपत्र छ ।  

गत पुस २० गतेदेखि ३ वटा अर्थमन्त्री फेरिए तर, धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न कुनै पनि सरकारले सकेको छैन । केपी शर्मा ओली नेतृत्वको सरकारको पनि एकसय दिन पूरा भएको छ । अर्थमन्त्रीेले केही प्रयास गरेको जस्तो देखिन्छ । तर परिणाम देखिने गरी केही पनि काम हुन सकेका छैनन् ।  

यतिमात्रै नभएर अर्थमन्त्रालयमा पुगेर पूँजीबजार सुधारसम्बन्धी धेरै फाइलहरु अड्किएका छन् । जस्तो नेप्सेको पुनर्संरचना, नेप्से ३० तथा अन्य विविध साना–साना फाइलहरु पनि अर्थमा नै अड्किएका छन् । यस हिसाबले हेर्दा यो सरकारका एकसय दिन लगानीकर्ताहरुको लागि कागलाई बेल पाक्यो, हर्ष न बिस्मात जस्तो मात्र भएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

नेपाल सेयरधनी सँघका अध्यक्ष घनश्याम पाण्डेले सरकारले काम गर्न खोजेको तर परिणाम भने नदेखिएको बताउँछन् । पाण्डे भन्छन्, ‘पहिलाका अर्थमन्त्रीले पनि चासो दिएका हुन् तर काम भएन । अहिले पनि गर्न खोजेको देखिन्छ तर गर्नसक्ने काम जस्तैः धितोपत्र बोर्ड अध्यक्षको नियुक्ति , एनआरएनलाई पूँजीबजारमा ल्याउने विषय, ब्रोकरमार्फत नै मार्जिन कारोबार तथा राष्ट्रबैकसँग समन्वय गरेर अझै  पूँजीबजारमैत्री र लचक नीति आउन सकेको छैन । हामीले युवराज खतिवडा र अर्थमन्त्रीसँग निरन्तर सल्लाह गरेका छौं  । आशा छ अर्थमन्त्री पौडेल बिदेशबाट फर्किएपछि काम ले गति लिने छ ।’  

हाल अर्थमन्त्री एउटा कार्यक्रममा सहभागी हुन अमेरिका पुगेका छन् । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.