बिहीबार, बैशाख ३१,२०८३ 04:33:03
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 04:33:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

लगानीकर्ता भन्छन्,‘ सेयर बजारमा सुधार ल्याउ, सरकारको नीति भन्छ खाडी तिर जाउँ’

Laxmi Sunrise Bank Limited
लगानीकर्ता भन्छन्,‘ सेयर बजारमा सुधार ल्याउ, सरकारको नीति भन्छ खाडी तिर जाउँ’
Shivam Cement

काठमाण्डौ । झण्डै ३ वर्षदेखि सेयर बजारमा आईरहेको एकोहोरो गिरावटका कारण लगानीकर्ता हायल कायल भएका छन् । २०७८ साल भदौ २ गते हालसम्मको उच्च विन्दु ३२ सय चुमकेको सेयर बजार त्यसपछि घटेको घट्यै छ । छिमेकी मूलुक भारत, पाकिस्तात र श्रीलंकको सेयर बजारले नयाँ–नयाँ रेकर्ड कायम गर्दै गर्दा नेपालका सेयर बजार भने विगत ३  वर्षदेखि १८ सय देखि २२ सयको विन्दु वरीपरी रुमल्लिरहेको छ ।  

आफूले गरेको लगानी बालुवामा पानी हाले जस्तै भए पछि लगानीकर्ताहरु कहिले भृकुटी मण्डपमा त कहिले माइतिघरमा पटक–पटक आन्दोलनमा उत्रने गरेका छन् । तर सरकार भने लगानीकर्ताको माग सुनेको नसुने झै गरेर बसेको छ । सरकारले लगानीकर्ताको जायज माग सम्बोधन गर्ने कुनै तात्पर्यता देखाएको छैन ।  

सेयर लगानीकर्ताहरुले आफ्ना मुख्य मागहरुमा हाल लगाइएको १५÷२० करोडको क्याप हटाउनु पर्ने , जोखिम भार घटाउनु पर्ने तथा चालु पूँजी कर्जामा संशोधन गर्नुपर्र्ने तथा संस्थागत लगानीकर्तालाई पूँजीबजारमा सहज लगानीको वातावरण बनाउनु पर्ने जस्ता माग राख्दै आएका छन् । लगानीकर्ताहरुले मुख्य गरि राष्ट्र बैंकको नीतिले नै बजारलाई प्रभाव पारेको दोष लगाउँदै आएका छन् ।  

तर सरकारले आन्दोलनमा उत्रेका लगानीकर्ताको माग सम्बोधन गर्नु भन्दा पनि नीतिमार्फत नै लगानीकर्ता विदेश पलाएन गराउने खालको नीति लिएको देखिन्छ । एक सरकारी उच्च अधिकारी भन्छन्,‘हामीले विदेशमा गएर रेमिट्यान्स पठाउनेलाई रेमिट्यान्स खातामार्फत सेयरमा कोटा छुट्टाएका छौं । यो भनेको अप्रत्यक्ष रुपमा सेयर बजारमा भुलेर बस्न भन्दा विदेश नै जाउ भनेको हो । त्यसो भएमा आम्दानी पनि हुन्छ । आईपीओ सेयर पनि पर्छ ।’

Bizshala
New Office
CG Motors

ती अधिकारीले स्वदेशमा नै बस्ने भए पनि सेयर बजारमा मात्रै नलागेर अन्य व्यवसायमा लाग्न सुझाव दिएका छन् । ‘स्वदेशमा नै बसेर उद्यम गर्न चहानेको लागि धितोपत्र बोर्डले प्राइभेट इक्विटी भेञ्चर क्यापिटलमाफर्त स्टार्ट अप व्यवसाय गर्न चाहनेलाई आर्थिक सहायता तथा व्यवसायिक परामर्श पनि दिन्छ । उमेर समूहका युवाहरुले ब्रोकर हाउस र क्लव हाउसमा समय खेर फाल्नु भन्दा स्टार्टप व्यापार गरेमा आफू र देश दूवैलाई फाइदा हुन्छ,’ ती अधिकारीले भने ।  

नियमन निकायका अर्को एक अधिकारीले पनि सेयर बजारलाई मात्रै पेशा बनाउन भन्दा अन्य पेशा पनि अपनाउन उपयुक्त हुने तर्क गरे । ब्रोकर हाउसमा भेटिएका एक लगानीकर्ता भने लामो सयमदेखि सेयर बजार घटेको कारण अब टिक्नै नसक्ने अवस्थामा पुगेको बताए । ती लगानीकर्ताले भने,‘कर्जा लिएर किनेको सेयरको ब्याज तिर्दा तिर्दै सेयर सकिन थाल्यो । तर ऋण जतिका त्यति नै छ । राष्ट्र बैंकको नीतिले अब खाडी तिर नै जाउँ भने जस्तो लाग्छ । किनकी ३–४ वर्षसम्म पनि नीतिमा कुनै फेरबदल हुन्न भने सरकारले नीतिमार्फत नै लगानीकर्ता विदेश पलाएन गर्न नै खोजेको हो ।’

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.