मंगलवार, आश्विन २८,२०८२ 08:50:30
IME remit
  • मंगलवार, आश्विन २८,२०८२ 08:50:30
IME remit
Global IME Bank Limited

३.५५% ले बढ्यो सेयरबजार, धितोपत्र बजार पूँजीकरण रु.४४.६७ खर्ब

Hyundai Nepal
३.५५% ले बढ्यो सेयरबजार, धितोपत्र बजार पूँजीकरण रु.४४.६७ खर्ब
Shivam Cement

काठमाण्डौ । सेयरबजार ३.५५ प्रतिशतले बढ्यो छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको भदौ मसान्तसम्म नेप्से परिसूचक २ हजार ६७५.२५ विन्दुमा कायम भएको छ ।  

गत आवको सोही अवधिसम्म नेप्से परिसूचक २ हजार ५८०.७६ विन्दुमा रहेको थियो । यस हिसाबमा सेयरबजार साढे ३ प्रतिशतले बढ्यो छ ।  

साथै सेयरबजार घटेपनि धितोपत्र बजार पूँजीकरण भने ८.८६ प्रतिशतले बढेर ४४ खर्ब ६७ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिसम्म धितोपत्र बजार पूँजीकरण ४१ खर्ब ३ अर्ब ६२ करोड रुपैयाँ रहेको थियो ।  

Shivam Cement
Bizshala
CG Motors

त्यस्तै, राष्ट्र बैंकका अनुसार भदौ मसान्तमा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २७६ पुगेको छ । सूचीकृत कम्पनीहरूमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९४ जलविद्युत्कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ९ अन्य समूहका रहेका छन् । २०८१ भदौमा सूचीकृत कम्पनीहरूको संख्या २६७ रहेको थियो ।  

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५२.९ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १४.९ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७।५ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५।६ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ४.९ प्रतिशत, होटेलको हिस्सा २.७ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा ११.३ प्रतिशत रहेको छ ।

Muktinath Bikas Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.