शनिबार, फाल्गुन १०,२०८१ 09:46:14
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 09:46:14
IME remit
Global IME Bank Limited

सरकारको आकस्मिक बिदाको निर्णयप्रति सेयर लगानीकर्ताको असन्तुष्टि ‘कर्मकाण्डी बिरालो बाध्ने अनुत्पादक सोच’

Hyundai Nepal
सरकारको आकस्मिक बिदाको निर्णयप्रति सेयर लगानीकर्ताको असन्तुष्टि ‘कर्मकाण्डी बिरालो बाध्ने अनुत्पादक सोच’
Nabil Bank Limited

काठमाण्डौ । दशैं तिहारको लामो बिदा पछि खुलेको सेयर बजारमा लगानीकर्ताहरु बजार नियाल्न ब्यग्र देखिन्छन् । अघिल्लो साता पाँचै दिन सेयर कारोबार भएकोमा यो साता जम्मा ४ दिन मात्रै सेयर कारोबार हुने भएको छ ।  

पूर्व सभामुख दमनाथ ढुङ्गानाको निधनपछि आज नेपाल सरकारले आकस्मिक रुपमा सार्वजनिक बिदा भए पछि चौतर्फी बहस सुरु भएको छ । सार्वजनिक बिदापछि सेयर कारोबार पनि बन्द हुने नै भयो । आजको सार्वजनिक बिदामा भने सेयर लगानीकर्ता तथा अन्य व्यवसायीहरुले असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्जाल क्लबहाउसमा एक लगानीकर्ता भन्छन् ‘ सरकारले पूर्व सभामुखलाई सम्मान दिनु राम्रो हो । तर यसरी अपरझट् बिदा दिएर कार्यलय पुगेका व्यक्ति तथा कर्मचारी ढोकैमा पुगेर घर फर्कुनु पर्ने अवस्था सरकारको अपरिपक्व काम हो ।’

ती लगानीकर्ताले सरकारले ढुङ्गानालाई आधा झण्डा झुकाएर अथवा कार्यालयमा नै शोक सभा राखेर पनि सम्मान गर्न सक्ने विकल्प रहेको बताए । तर सरकारले अपरझट् बिदा दिनु सरकारको स्वेच्छाकारी कदम भएको भन्दै आरोप लगाउदै ती लगानीकर्ताले भने,‘अमेरिकामा राष्ट्रपति कै मृत्यु हुँदा पनि बिदा दिइदैन । तर नेपालमा भने यसरी अकस्मात बिदा दिनु राम्रो भएन ।’

Shivam Cement
CG Motors
Sagarmatha Cement

सामाजिक सञ्जालमा नै सेयर लगानीकर्ता मुक्ति अर्याल लेख्छन् ‘केहि वर्ष पहिलेको बन्द जस्तै आतंक भयो, अहिले दिने गरेको सार्बजनिक बिदा । कसैको मृत्युमा बिदा दिएर सारा देश नै बन्द गर्न मिल्दैन । कसैलाई सम्मान दिने हो भने आधा झण्डा झुकाए पुग्छ । वास्तबमा भन्ने हो भने यस्तो सार्वजनिक बिदा दिनै हुदैन, मिल्दैन । जो सुकैको मृत्यु किन नहोस, बिदा दिएर आजको यति ब्यस्त समयमा करोडौको काम एकाएक बन्द गर्न मिल्छ? यसले कति मानिसलाई कति समस्या पैदा गर्छ, कतिको कति नोक्सान गर्छ, कति काममा बाधा पु्र्याउछ ? कुनै हिसाब छ ?’

यो सार्बजनिक बिदाको अभ्यास अति नै पिछडिएको, अनुत्पादक र पुरातन सोच भएको उनले लेखेका छन् । ‘आफ्नो खुट्टामा बन्चरो हान्या जस्तै नोक्सान बाहेक केहि नगर्ने यो साह्रै पटमुर्ख काम हो । सरकारी मापदण्ड अनुसार कुनै ब्यक्तिको मृत्युमा सम्मान दिनुपर्ने हो भने आधा झण्डा झुकाऊने अभ्यास गर्दा सम्मान पनि हुने र कसैको काममा बाधा पनि नपुग्ने हुन्छ । यो अभ्यास गर्न जरुरी छ । हाम्रा हरेक काममा फरक सोच र फरक अभ्यास चाहियो ! कर्मकाण्डी बिरालो बाध्ने सोचले आजको दुनिया चल्दैन र हामी झन पछाडी पर्ने मात्र हो,’ उनी लेख्छन् ।  

त्यसैगरि कानूनी जानकार तथा सल्लाहकार कमल भारती लेख्छन् ‘बिहान कार्यालय आई सबै कार्यालयहरू खोल्ने बेलामा यस प्रकारको सरकारको कच्चा निर्णयले आम सर्वसाधारणले आज नराम्रो दुःख पाउने भए । सरकारको यस्तो निर्णय हिजो नै सार्वजनिक भई दिएको भए आम सर्वसाधारणले दुःख पाउने थिएनन् । सरकारले कमसेकम कस्तो–कस्तो अवस्थामा सार्वजनिक बिदा दिने कुन–कुन पदीय हैसियत भएका व्यक्ति को निधन तथा स्वर्गारोहणमा बिदा दिने भनेर प्रोटोकल तयार गर्नुपर्ने आवश्यकता देखियो ।’  

त्यसैगरि, सक्रिय लगानीकर्ता तिलक कोइरला लेख्छन् ‘आईतबार दिउँसो नै मन्त्रिपरिषद बैठक बसेर यससम्बन्धि निर्णय गरेर जनतालाई तत्काल सुचित गरि तयारी थाल्नु पर्दथ्यो । तर सोमबार कतिपय सरकारी कार्यालय खुलेपछि हठात सार्वजनिक बिदा घोषणा गरियो । त्यतिबेरसम्म कयौ सरकारी कर्मचारी र सेवाग्राही कार्यालय पुगिसकेका थिए भने कतिपय बाटोमा थिए । हठात बिदा घोषणाले सरकारी काम मात्रै ठप्प भएन,बैंक, सेयर बजार, विद्यालय र अन्य निजि कार्यालय पनि बन्द भए । हठात बिदा घोषणा गरेर ओैपचािरकता पूरा गर्दा दिबंगत नेताको योगदानको कदर हुँदैन, वरू अपमान हुन्छ ।’

बिदाले नेताको योगदान चीरस्थायी नबाई उल्टै जनतामा आक्रोश बढाउँने र राष्ट्रिय उत्पादकत्व घटाउने बताउँदै उनी थप लेख्छन्, ‘सोमबार हठात बिदा नदिएर हरेक सरकारी कार्यालयमा आदरणीय दमननाथको योगदानको चर्चासहित कार्यक्रम आयोजना र काठमाण्डौ उपत्यकाका हरेक कर्मचारी अन्त्येष्टी कार्यक्रममा सहभागी हुन निर्देशन दिएको भए सच्चा श्रद्धान्जली त्यतिबेला हुन्थ्यो । बिदा नै दिने भए अन्त्येष्टी एकदिन पछि सारेर सबैलाई सहभागिताका लागि आह्वान गर्न सकिन्थ्यो । सरकारको झारा टराई भयो । जसले दमननाथको अपमान गर्याे र जनतामा आक्रोश बढायो । सरकारको नालायकीको जति निन्दा गरे पनि कमै हुन्छ । ’  

यसै गरि नाम उल्लेख नगर्ने सर्तमा एक ब्रोकर भन्छन् ‘सेयर बजार वर्षमा जम्मा २ सय दिन खुल्छ ।  तर यसरी नै बिदा पर्दै गए भने  हामी त व्यबसाय नै छोडेर हिड्नु पर्ने दिन आउने छ ।’

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.