बिहीबार, बैशाख ३१,२०८३ 07:14:19
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 07:14:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

चार महिनामा नेप्से परिसूचक ८.४०% ले घट्यो, विशाल बजार र साल्ट ट्रेडिङका लगानीकर्ताले सर्वाधिक गुमाए

Laxmi Sunrise Bank Limited
चार महिनामा नेप्से परिसूचक ८.४०% ले घट्यो, विशाल बजार र साल्ट ट्रेडिङका लगानीकर्ताले सर्वाधिक गुमाए
Shivam Cement

काठमाण्डौ । चार महिनामा नेप्से परिसूचक ८.४० प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको पहिलो महिनामा ३ हजार विन्दुमा रहेको नेप्से इन्डेक्स कात्तिक महिनासम्ममा आइपुग्दा २७४८ विन्दुमा कायम भएको छ । यसर्थ चार महिनाको अन्तरालमा नेप्से सूचक ८.४० प्रतिशतले घटेको छ ।  

गत साउन महिनामा नेपाल राष्ट्र बैंकले सर्कुलर जारी गर्दै संस्थागत लगानीकर्ताका लागि २० करोडको क्याप हटाएको थियो । साथै देशको अर्थतन्त्र र मौद्रिक नीतिका व्यवस्थाहरु पनि बजारलाई सर्पोट गर्ने खालकै भएकाले साउन महिनामा सेयरबजार ह्वात्तै बढेर ३ हजारको विन्दुमा पुगेको थियो ।  

Bizshala
New Office
CG Motors

कात्तिक महिनासम्म आइपुग्दा बजारमा ठूलो करेक्सन देखिएको थियो । चाडपर्वको सिजन भएकाले पनि सेयरबजारलाई बिचमा प्रभाव पारेको देखिएको थियो । अधिकांश लगानीकर्ताले सो अवधिसम्म आइपुग्दा नाफा बुक गरेका थिए । साथै राजनीतिक माहोल प्रष्ट नहुनु र पूँजीबजारलाई सरकारले नीतिगत रुपमा नै सम्बोधन गर्न नसक्नुले कात्तिक महिनासम्म आइपुग्दा सेयरबजार केही प्रतिशतले घटेको देखिन्छ ।  

बैंक वित्तीय संस्थाको रिर्पोट राम्रै आएपनि बजारमा अल्पकालिन लगानीकर्ता हाबी हुँदा यसले बजारलाई सकारात्मक प्रभाव पार्न नसकेको देखिन्छ । साथै ठूला लगानीकर्ताहरुले पनि बजारमा लगानी गनर्दा बजारले लय समात्न नसकेको देखिन्छ ।  

चार महिनामा नेप्सेमा रहेको सबै उपसूचक घटेका छन् । सर्वाधिक ब्यापार समूहका लगानीकर्ताले गुमाएका छन् । साउनको अन्तिमसम्म ४२१६.११ विन्दुमा रहेको ब्यापार इन्डेक्स कात्तिकसम्म आइपुग्दा १४.७९ प्रतिशतले घटेर ३५९२.७० कायम भएको छ । यसर्थ सो समूहका लगानीकर्ताले चार महिनामा १४ प्रतिशत गुमाएका छन् । व्यापार समूहमा विशाल बजार कम्पनी र साल्ट ट्रेडिङ कम्पनी गरी दुईवटा कम्पनी रहेका छन् ।  

Garima Development Bank
Shivam Cement
IME remit

त्यस्तै, लगानी समूहका लगानीकर्ताले पनि चार महिनामा १२.६६ प्रतिशत गुमाएका छन् । साउनसम्म १२२.७४ विन्दुमा रहेको इन्भेष्टमेन्ट इन्डेक्स कात्तिकसम्म १०७.२० विन्दुमा कायम भएको छ । लगानी समूहअन्तर्गत सीइडीबी होल्डिङ्स, इमर्जिङ नेपाल, हाथवे इन्भेष्टमेन्ट, एचआइडीसीएल, निफ्रा, एनआरएन इन्फ्रास्ट्रक्चर र नागरिक लगानी कोष गरी ७ वटा कम्पनी रहेका छन् ।  

यसका साथै उत्पादन तथा प्रशोधन समूहका लगानीकर्ताले १२।३९ प्रतिशत गुमाएका छन् । साउनमा ८०२४.५७ विन्दुमा रहेको उक्त समूह इन्डेक्स कात्तिक मसान्तसम्म आइपुग्दा ७०३०.७२ विन्दुमा कायम भएको छ ।  

त्यस्तै, अन्य समूहका लगानीकर्ताले ११.१० प्रतिशत, होटल समूहका लगानीकर्ताले १०.७९ प्रतिशत, वाणिज्य बैंकका लगानीकर्ताले ९.३३ प्रतिशत, जीवन बीमा समूहका लगानीकर्ताले ८.३७ प्रतिशत, निर्जीवन बीमा समूहका लगानीकर्ताले ७.०१ प्रतिशत, हाइड्रोपावर समूहका लगानीकर्ताले ६.१९ प्रतिशत, लघुवित्त समूहका लगानीकर्ताले ४.३६ प्रतिशत, विकास बैंक समूहका लगानीकर्ताले २.६४ प्रतिशत, फाइनान्स समूहका लगानीकर्ताले २.२६ प्रतिशत र म्युचुअल फण्ड समूहका इकाईधनीले २.०३ प्रतिशतले गुमााएका छन् ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.