Bizshala
  • सोमबार, पुष २१,२०८२ 10:16:13
Bizshala
Global IME Bank Limited

क्यान्सरको चेतावनीपछि अमेरिकी र युरोपेली रक्सी उत्पादक कम्पनीको सेयरमूल्यमा व्यापक गिरावट

Hyundai Nepal
क्यान्सरको चेतावनीपछि अमेरिकी र युरोपेली रक्सी उत्पादक कम्पनीको सेयरमूल्यमा व्यापक गिरावट
Shivam Cement

काठमाण्डौ । अमेरिकी सर्जन जनरलले मादक पदार्थजन्य पेयमा क्यानसरको चेतावनीपूर्ण सन्देश राख्नु पर्ने बताएपछि अमेरिकी र युरोपेली रक्सी उत्पादक कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।  

अमेरिकी सर्जन जनरल विवेक मुर्थीले एडभाइजरीमा मादकपदार्थजन्य पेयले स्तन,कलेजो,कोलोन र अन्य क्यान्सर विकास गर्ने जोखिम बढाउने बताएका छन् । ‘प्रत्येक दिन रक्सी सेवन गर्नेलाई स्तन,मुख,घाटी जस्ता केही निश्चित क्यान्सरको विकास हुने जोखिम बढ्ने प्रमाणहरु फेला परेका छन्,’ एडभाइजरीमा विवेक मुर्थीले उल्लेख गरेका छन् ।  

मुर्थीको यस्तो भनाई सार्वजनिक भएसँगै शुक्रबार ज्याक ड्यानियलको माउ कम्पनी ब्राउन फोरम्यानको सेयरमूल्य झण्डै ३ प्रतिशतले घट्यो । यो गिरावटसँगै कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३७.१० डलरमा सीमित बनेको छ । कम्पनीको यो मूल्य सन् २०१७ अप्रिल पछिकै न्यून हो ।  

CG Motors
Bizshala
Garima Development Bank

यस्तै बियर उत्पादक कम्पनी मोल्सोन कुर्सको मूल्य पनि २.७ प्रतिशतले घट्यो ।  

कोरोना बियर उत्पादक कम्पनी कन्टलेसन ब्राण्डको मूल्य पनि १.३ प्रतिशतले ओरालो लागेको छ । अर्को बियर उत्पादक कम्पनी बोस्टोन बियरको मूल्यमा पनि ३ प्रतिशतको गिरावट देखियो ।

विवेक मुर्थीको सुझाव कहिले कार्यान्वयनमा आउछ भन्ने बारे अस्पष्टता रहेको छ । मादकपदार्थजन्य पेयको बोतलमा लेबलिङ गर्ने अन्तिम निर्णय कङ्ग्रेसले गर्ने जनाइएको छ ।  

New Office
Laxmi Sunrise Bank Limited
IME remit

युरोपमा पनि रक्सी उत्पादक कम्पनी डियागोको मूल्य ३.७ प्रतिशतले घटेको छ । मार्टेल काग्न्याग,मम स्याम्पेन र य्गासोल्युट भोड्का उत्पादन गर्ने फ्रान्सेली कम्पनी पर्नोड रिचार्डको मूल्य पनि करिब ३ प्रतिशतले घटेको छ । यस्तै इटालियन कम्पनी कामपारी र रेमीको मूल्य पनि ४.५ प्रतिशतले घटेको छ ।

बुडवाइजर बियर निर्माता कम्पनी बुस्च इनबेभको मूल्य २.७ प्रतिशत र हेन्सकेन र काल्सबर्गको मूल्य पनि १ प्रतिशतभन्दा बढीले घटेका छन् ।  

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.