आईतवार, आश्विन ११,२०८३ 05:11:41
Bizshala
  • आईतवार, आश्विन ११,२०८३ 05:11:41
Bizshala
Global IME Bank Limited

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा ४३.२९% ले घट्यो, इपीएस जम्मा २.८५ रुपैयाँ

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा ४३.२९% ले घट्यो, इपीएस जम्मा २.८५ रुपैयाँ
New Office

काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले पौने ४ करोड रुपैयाँ नाफा कमाएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ३ करोड ७३ लाख ४४ हजार रुपैयाँ नाफा कमाएको हो ।  

गत आवको सोही अवधिसम्म भने कम्पनीले ६ करोड ५८ लाख ५३ हजार रुपैयाँ नाफा कमाएको थियो । यसर्थ गत कम्पनीको नाफा गत आवको तुलनामा ४३.२९ प्रतिशतल घटेको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सो अवधिसम्म कम्पनीले एक अर्ब १६ करोड ४५ लाख रपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । कम्पनीको यो व्यवसाय गत आवको तुलनामा ६१.९४ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म कम्पनीले ७१ करोड ९१ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको थियो ।  

कम्पनीको व्यवसाय बढेपनि आम्दानीमा संकुचन आउँदा नाफा प्रभावित बनेको हो । कम्पनीले दोस्रो त्रैमाससम्म लगानीमार्फत १३ करोड ७८ लाख रुपैयाँ मात्रै आम्दानी गरेको छ ।  

यो आम्दानी गत आवको सोही अवधिसम्मको तुलनामा ३३.८७ प्रतिशत कम हो । गत आवको सोही अवधिसम्म कम्पनीले २० करोड ८४ लाख रुपैयाँ आम्दानी गरेको थियो ।  

 

सो अवधिसम्म कम्पनीले १ अर्ब ८० करोड ९० लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको छ । यो रकम गत आवको तुलनामा १७.९५ प्रतिशत बढी हो । गत आवको दोस्रो त्रैमाससम्म कम्पनीले १ अ र्ब ५३ करोड ३८ लाख रुपैयाँ बराबरको भुक्तानी दिएको थियो ।  

साथै कम्पनीको चुक्तापूँजी २ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ भने बीमा कोषको आकार १६.७४ प्रतिशत बढेर ७ अर्ब ८० करोड ८३ लाख रुपैयाँ पुगेको छ । यसका साथै महाविपत्ती कोषको आकार १.७५ प्रतिशत बढेर २१ करोड ७१ लाख रुपैयाँ संचित रहेको छ भने रिटेन्ड अर्निङमा १० करोड २९ लाख रुपैयाँ संचित रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) घटेर २.८५ रुपैयाँ कायम भएको छ भने नेटवर्थ २२७.४३ रुपैयाँ पुगेको छ । साथै कम्पनीको मूल्य आम्दानी अनुपात २११.७४ गुणा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५९१.७७ रुपैयाँ रहेको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.