बिहीबार, बैशाख ३१,२०८३ 07:09:25
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 07:09:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

दिनभर ६५ अंकले बढेको बजार किन टिकेन ? करको हल्ला चलाएर बजार घटाएको लगानीकर्ताहरुको आरोप

Laxmi Sunrise Bank Limited
दिनभर ६५ अंकले बढेको बजार किन टिकेन ? करको हल्ला चलाएर बजार घटाएको लगानीकर्ताहरुको आरोप
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको समीक्षा पछि खुलेको बजारमा आज तीव्र उतारचढाव देखियो । आइतबार २६८० विन्दुमा बन्द भएको बजार इन्ट्रा डेमा २७४५ विन्दुसम्म बढेको थियो । तर करोबारको अन्त्यमा बजार उल्टै करिब ५ अंकले घटेर बन्द भयो ।  

नेपाल राष्ट्रबैंकसँग लामो समयदेखि लगाकनीकर्ताहरुले उठाउँदै आएको विभिन्न मागहरु मध्ये जोखिमभार पनि एक थियो । मौद्रिक नीतिमार्फत लगानीकर्ताहरुको माग अनपेक्षित रुपमा सम्बोधन भएपछि लगानीकर्ताहरुमा पनि एक किसिमको उमंग आएको थियो । सामाजिक सञ्जालहरुमा लगानीकर्ताहरु समीक्षा सार्वजनिक भएदेखि नै निकै उत्साहित देखिन्थे । सामाजिक सञ्जालदेखि ब्रोकर हाउसहरुमा धेरैले आज बजारमा सकारात्मक सर्किट लागेर कारोबार नै हल्ट हुने अपेक्षा गरेका पनि थिए ।  

Bizshala
New Office
CG Motors

यसैबीच आज प्रि–ओपन सेसनमा नै बजार करिब ३३ अंकले बढेको थियो । यस्तै इन्ट्रा डेमा ६५ अंकले बढेको बजार अन्त्यमा घटेर बन्द भएपछि लगानीकर्ताहरुमा अन्यौलता छाएको छ । मध्यान्न पछि अनामनगर आसपासका ब्रोकरहाउसहरु सुनसान हुन थालेका थिए । लगानीकर्ताहरुको अनुहारमा एकाएक कालो बादल छाएको प्रष्ट देखिन्थ्यो । ब्रोकरहउसमा भेटिएका एक लगानीकर्ताले भने ,‘आज एक सय अंक भन्दा बढी अंकले बढेर कारोबार नै हल्ट हुन्छ भन्ने अपेक्षा थियो तर बजार एकाएक किन घट्यो ? खासगरि आँउदै गरेको बजेटमा करका दरहरुमा हेरफेर हुने संसयको कारण आज बजार घटेको देखिन्छ ।’

Garima Development Bank
Shivam Cement
IME remit

ब्रोकर हाउसमा नै भेटिएका एक लगानीकर्ताले बजारमा करको दर हेरफेर हुने विषयले नै बजारमा बिक्री दबाब आएको प्रतिक्रिया दिए । ती लगानीकर्ताका अनुसार सरकारले यदि करका दरमा केही हेरेफेर गरेता पनि बजारमा लगानी गर्ने वातावरण भएको खण्डमा अल्पकालिन लगानीकर्ताहरुले १० प्रतिशत कर तिरे पनि केही फरक नपर्ने प्रतिक्रिया दिए । उनले भने, ‘मुख्य विषय भनेको पूँजीबजारमा लगानीको वातावरण हुन्छ वा हुँदैन भन्ने नै हो । पूँजीबजारमा यदि लगानीको वातावरण बन्छ भने अहिले साढे सात प्रतिशत कर तिरको ठाँउमा केही बढ्दैमा धेरै असर पर्दैन ।’ केही लगानीकर्ताहरुले सरकारले जोखिमभार घटाएर माया गरे जस्तो गरेको तर कर बढाएर घाटी च्याप्न थालेको पनि प्रतिक्रिया दिए ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.