बिहीबार, बैशाख ३१,२०८३ 04:32:22
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 04:32:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सेयर बजार कसले घटाउने/बढाउने गर्छन ? प्राविधिक विश्लेषक कति जिम्मेवार ?

Laxmi Sunrise Bank Limited
सेयर बजार कसले घटाउने/बढाउने गर्छन ? प्राविधिक विश्लेषक कति जिम्मेवार ?
Shivam Cement

काठमाण्डौ । सेयर बजार कहिल्यै एकनाश हुँदैन । उचारचढाव हुने यसको प्रवृत्ति नै हो । बजार नियामकले एक दिनमा कति प्रतिशतसम्म उतारचढाव हुने भनेर निर्धारण गरेको हुन्छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्सें)को नियमानुसार नेप्से परिसूचक एक दिनमा ६ प्रतिशत भन्दा बढीले तल माथि हुन पाउँदैन । यदि ६ प्रतिशतले बढेमा पोजेटिभ सर्किट ब्रेकर र ६ प्रतिशतले नै  घटेमा नेगेटिभ सर्किट ब्रेक लागेर बजार त्यस दिनको लागि बन्द हुने गर्छ ।  

कम्पनीको हकमा एक दिनमा बजार १० प्रतिशतले तलमाथि हुन सक्छ । यसलाई बढेमा अपर सर्किट र घटेमा लोअर सर्किट भनेर बुझिन्छ । धेरै आम सर्वसाधारणहरुमा सेयर बजार कसरी घटबढ हुन्छ भन्ने जिज्ञासा रहेको पाइन्छ । केही  सर्वसाधारणमा सेयर बजार ब्रोकरहरुले घटाउछन् भन्ने बुझाई रहेको पाइन्छ । कोहीले भने ठूला खेलाडिलाई यसको जिम्मेवार ठहर्याउने गर्छन् । यस्तो आरोप केही वर्ष पहिले ब्रोकर र ठूला लगानीकर्ताहरुले खेप्दै आएका थिए ।  

Bizshala
New Office
CG Motors

तर पछिल्लोपटक टीएमएस आए पछि भने ब्रोकरहरुलाई हाईसञ्चो भएको छ । किनकी टीएमएस आए पछि सबै कार्य लगानीकर्ताहरुले नै गर्न सक्छन । अहिले बैंकहरुबाट सिधै कोल्याट्रल लोड गरेर आफै सेयर किन्न तथा बेच्न सकिन्छ । अहिले कुन ग्राहकले के किन्यो, बेच्यो ? भन्ने ब्रोकरलाई नै थाहा नहुने ब्रोकरहरु तर्क गर्छन । यस कारण ठूला लगानीकर्ता र ब्रोकर मिलेर बजार घटाए भन्ने विषयमा पनि कुनै तुक नरहेको स्वंय ब्रोकर बताउँछन् ।  

अघिल्लो बुलमा खासै चर्चा नभएको प्राविधिक पक्ष हाल भने निकै चर्चामा रहेको छ । त्यही कारण पनि पछिल्लो समय सेयर बजारका प्राविधिक विश्लेषक अर्थात लगानीकर्ताहरुको भाषामा धर्केहरुले बजार घटाएको तथा बढाएको आरोप लाग्दै आएको छ । केही लगानीकर्ताले ३ हजार विन्दुबाट अझै माथि लाग्ने देखिएको बजार एकाएक घटाइएको आरोप समेत लगाउने गरेका छन् । 

‘केही प्राविधिक विश्लेषकहरुकै कारण बजार अल टाइम ब्रेक गर्न सकेन । त्यहाँबाट घटेको बजार पनि २५ सय तल सम्म आउनुमा धर्केहरुको धर्का मुख्य कारण रहेको देखिन्छ,’ ब्रोकर हाउसमा भेटिएका एक लगानीकर्ताले आरोप लगाए । अहिले सामाजिक सञ्जाल तथा विभिन्न युट्युब च्यानलमा सेयर बजारको विषयमा प्राविधिक विश्लेषण गरेको पाइन्छ । लगानीकर्ता तथा ब्रोकरहरुले पनि प्राविधिक विश्लेषकले के भन्यो तथा लेख्यो ? भनेर चासो दिने गरेको पाइन्छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

त्यसो भए के प्राविधिक विश्लेषकहरुले बजार तल माथि गर्न सक्छन् त ? प्राविधिक विश्लेषक विष्णु प्रसाद बस्याल यो प्रश्न नै हास्यास्पद भएको बताउँछन् । ‘नेपालको बजार वान साइडमा चलेको छ । सेयर बजार घटेर कसैलाई पनि फाइदा हुँदैन । यदि नेपालमा सर्ट सेलिङ हुन्थ्यो भने पनि माथि बेचेर तल किन्न खोज्यो भन्ने हुन्थ्यो,’ उनले भने, ‘प्राविधिक विश्लेषक पनि आफ्नो प्यारामिटरमा चल्ने भएको कारण यो आरोपमा कुनै तुक छैन । बजार घटाएर ५ अर्बको कारोबारमा ब्रोकरलाई पनि फाइदा छैन । ठूला लगानीकर्ताको आफ्नै सम्पति घटेको हुन्छ ।’

त्यसैले आफू समयमा सेयर बजारबाट बाहिरिन नसकेर अन्यलाई दोष लगाउनु उचित नभएको तर्क बस्याल गर्छन् । अर्को प्राविधिक विश्लेषक अजय सिंह थापा पनि प्राविधिक विश्लेषकले बजार घाटाउने तथा बढाउने विषय असम्भब रहेको बताउछन् । उनी भन्छन्, ‘सबै विश्लेषक एउटा गाइडलाइन भित्र नै चल्नु पर्छ । केही गलत भएमा कमेन्ट आइहाल्छ । अहिले सेयर बजारमा ७० प्रतिशत नै प्राविधिक विश्लेषक छन् । हरेक लगानीकर्ता कुनै न कुनै तरिकाले विश्लेषक रहेको हुन्छ । कसैले प्राइस तथा भोल्युम मात्रै हेर्छ भने पनि त्यो पनि प्राविधिक विश्लेषक नै हो ।’

प्राविधिक विश्लेषकले सम्भावना देखाउने थापा बताउँछन् । ‘विभिन्न लगानीकर्ताहरुले विभिन्न माध्यमबाट सम्भावना देखेका हुन्छन् । विभिन्न माध्यमबाट सपोर्ट हेरिएको हुन्छ । सेयर बजार मनोविज्ञानले चल्ने भएको कारण लगानीकर्ताहरुले नै सेयर बजार घटाउने तथा बढाउने गर्छन,’ थापा तर्क गर्छन् ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.