शनिबार, फाल्गुन १०,२०८१ 09:50:31
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 09:50:31
IME remit
Global IME Bank Limited

रकेटको गतिमा उड्दै सेयरबजार, करेक्सनबिनाको तीव्र गतिले दुर्घटनाको सम्भावना कति ?

Hyundai Nepal
रकेटको गतिमा उड्दै सेयरबजार, करेक्सनबिनाको तीव्र गतिले दुर्घटनाको सम्भावना कति ?
Nabil Bank Limited

काठमाण्डौ । मौद्रिक नीति सार्वजनिकपश्चात् आज सेयरबजार ४.४१ प्रतिशतले वृद्धि भएको छ । नेप्से परिसूचक ११३.४२ अंकले बढेर २६८१.५६ विन्दु कायम भएको छ ।  

मौद्रिक नीति सार्वजनिक हुनुभन्दा दुईसाताअघि देखि नै सेयरबजार बुलिस ट्रेण्डमै चल्दै आइरहेको छ । नेप्सेमा सूचीकृत अधिकांश कम्पनीका सेयरभाउ ह्वारह्वारती बढिरहेको छ । वित्तीय अवस्था नाजुक भएका केही कम्पनीको सेयरभाउ ५/६ सय भन्दा माथि उक्लिएका छन् ।  

नेप्से बढ्न थालेपछि नयाँ लगानीकर्ताहरु बजार प्रवेश गर्न थालेका छन् । बजारमा नयाँ रकम भित्रिन थालेको छ । तर, यसरी बजार लगातार बढ्दै जाँदा दुर्घटना निम्तिने सम्भावना पनि बढ्दै गएको छ । करेक्सनबिनाको तीव्र गतिले बजारमा ठूलो दुर्घटना निम्त्याउन सक्ने देखिन्छ ।  

बजार विज्ञहरुका अनुसार बजारलाई दिगो र बलियो बनाउनलाई बढोत्तरीपश्चात् करेक्सन हुन जरुरी हुन्छ । अर्थात् करेक्सन आउँदै गरेको बजार बलियो हुँदै जान्छ । तर, दुईसातादेखि सेयरबजार करेक्सन बिना तीव्र गतिमा दौडिरहेको छ । यसले ठूलो दुर्घटना निम्त्याउने सम्भावना बढेको छ ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

प्रतिसेयर आम्दानी ऋणात्मक अवस्थामा भएका कम्पनीहरुको सेयरभाउ समेत बढेर ६ सयको हाराहारीमा पुगेको छ । वित्तीय अवस्था कमजोर हुँदाका बावजुत सेयरभाउ अप्रत्याशित बढ्दै जानुले बढ्दो बजारमा फेरी चलखेल सुरु हुन थालेको बजार जानकारहरुले अनुमान लगाइरहेका छन् ।

आधारभुत पक्षबाट हेर्दा सूचीकृत कम्पनीहरुमा अधिकांश कम्पनीको सेयरभाउ ‘ओभर प्राइस’ भइसकेको बजार जानकार अजय सिंह थापा (जयशम्भु) बताउँछन् ।  

‘केही कम्पनीहरुको सेयरभाउ ४ गुणा पनि बढीसकेको छ, धितोपत्र बजार पूँजीकरण ह्वात्तै बढेको छ, करेक्सनबिना यसरी सेयरभाउ बढ्दै जानुले जोखिम समेत बढ्न सक्ने संकेत गर्छ’ उनले भने, ‘अहिले बजार थर्ड वेभमा चलिरहेको छ, यदि बजारमा करेक्सन आयो भने फोर्थ वेभमा करेक्सन आउन सक्ने सम्भावना देखिन्छ ।’

बजारमा करेक्सन आएपनि नेप्से परिसूचक भने २४ सय भन्दा माथि नै हुने थापा बताउँछन् । ‘बजारमा करेक्सन अवश्य आउँछ, तर नेप्से २४ सय विन्दुमाथि नै हुने देखिन्छ’ उनले भने, ‘नेप्से ३२ सयको विन्दुमा पुग्दा सेयर किन्नेहरु पनि धरै छन्, अब करेक्सन देखिएपनि आत्तिहाल्नुपर्ने अवस्था भने हुँदैन, आधारभुत पक्षबाट बलिया भएका कम्पनीहरु छानेर लगानी गर्दा राम्रो हुन सक्छ ।’

अर्का बजार जानकार दामोदर गजुरेल पनि करेक्सनबिनाको बजार दिगो र बलियो नहुने बताउँछन् ।  

‘बजार छोटो समयमा नै अप्रत्याशित रुपमा बृद्धि भएको छ, तर करेक्सन आउँदै बढ्दै गएको बजार मात्रै दिगो र बलियो हुन्छ’ उनले भने, ‘मौद्रिक नीति सकारात्मक आएको छ, लगानीकर्ताहरु उत्साहित बनेका छन्, यसआधारमा तुरुन्तै करेक्सन नआउन पनि सक्छ ।’

सेक्टरवाइज सबै कम्पनीहरु बढ्दा तत्कालै बजारमा करेक्सन नआउने गजुरेलको भनाई छ । ‘लामो समय बढ्न नसकेको बैकिङ समूह र माइक्रोफाइनान्स समूह पनि बढ्न थालेको छ, बैंक इन्डेक्स बढेमात्रै पनि नेप्से परिसूचक नै बढेर बजार सम्हालिन सक्छ’ उनले भने, ‘अर्थतन्त्रलाई चलायमान बनाउने खालको मौद्रिक नीतिले अर्थमन्त्रीसँगै लगानीकर्ताहरु समेत हौसिएका छन्, यसआधारमा बजारमा करेक्सन आइहाले पनि ठूलो अंकले नघट्ला ।’

बजारमा करेक्सन आइहालेपनि सेक्टरवाइज करेक्सन हुँदै बजार अगाडी जाने गजुरेल बताउँछन् । यदि बजारमा ठूलो करेक्सन आयो भने भर्खरै छिरेका नयाँ लगानीकर्ताहरु बाहिरिने गजुरेलको भनाई छ ।  

‘छोटो समयमा बढेको बजारमा नयाँ लगानीकर्ताहरु बजार प्रवेश गरेका छन्, बजारमा अब करेक्सन आयो भने आधारभुत तथा प्राविधिक विश्लेषण गर्न नजान्ने लगानीकर्ताहरु बाहिरिने सम्भावना बढी देखिन्छ’ उनले भने, ‘तर बजार सामान्य अंकले घट्दैमा आत्तिहाल्नुपर्ने अवस्था छैन, नेप्से २३/२४ सय विन्दुतिर आएपनि सामान्य नै हुन्छ, त्यसलाई अनौठो मान्नुपर्दैन ।’

साथै अर्का बजार जानकार अर्जुन थापा भने तत्कालै बजारमा करेक्सन नआउने बताउँछन् । ‘बजार बढ्ने आधारहरु पोजेटिभ नै छ, बैंक तथा वित्तीय संस्थाहरुमा तरलता फालाफाल छ यसर्थमा पनि लगानी गर्ने पैसा भएपछि बजार तत्कालको लागि घट्न सक्ने अवस्था छैन’ उनले भने, ‘मौद्रिक नीति समेत सकारात्मक आएको छ, लगानीकर्ताहरु उत्साहित बनेका छन्, यदि करेक्सन आइहाले पनि सामान्य आउने देखिन्छ ।’

बजारमा लगानी गर्ने पैसाको अभाव भएमात्रै मार्केटमा ठूलो गिरावट आउन सक्ने थापाको भनाई छ । ‘बैंकहरुमा तरलता पर्याप्त भएपछि लगानीको वातावरण बन्दै जान्छ, बजार ३२ सय पुग्दा लगानी गर्नेहरुको साँवा समेत उठेको छैन’ उनले भने, ‘मौद्रिक नीति सकारात्मक आएपछि लगानीकर्ताहरु लगानीको दायरा बढाउँने आशयमा छन्, बजारले यसरी नै लय समात्ने हो भने नेप्से ४ हजारको विन्दुमा पुग्ने निश्चित छ ।’  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.