बिहीबार, मंसिर ३,२०८३ 03:33:44
  • बिहीबार, मंसिर ३,२०८३ 03:33:44
Global IME Bank Limited

झिनो अंकले बढ्यो नेप्से, जानकार भन्छन्, ‘बजार केही समय साइडवेजमा चल्न सक्छ'

Bizshala
झिनो अंकले बढ्यो नेप्से, जानकार भन्छन्, ‘बजार केही समय साइडवेजमा चल्न सक्छ'
New Office

काठमाण्डौ । बिहिबार सेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । नेप्से परिसूचक ३.६२ अंकले बढेर २६२८.६७ विन्दुमा कायम भएको छ ।  

नेप्सेमा सूचीकृत ३४७ कम्पनीको ९५ लाख  ३७ हजार ८४२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।  

आज ५ समूहमा हरियाली छाएको छ भने ८ समूह राताम्य भएका छन् । सर्वाधिक बढ्नेमा होटल तथा पर्यटन समूह १.२९ प्रतिशत बढेको छ ।  

त्यस्तै, बैंकिङ समूह ०.५४ प्रतिशत, फाइनान्स समूह ०.३५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.६७ प्रतिशत र व्यापार समूह ०.२३ प्रतिशत बढेको छ ।  

सर्वाधिक घट्ने समूहमा भने अन्य समूह रहेको छ । यो समूह ०.५३ प्रतिशतले घटेको छ । साथै विकास बैंक  समूह ०.०४ प्रतिशत, हाइड्रो समूह ०.०५ प्रतिशत, लगानी समूह ०.३८ प्रतिशत, जीवन बीमा समूह ०.२२ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.१५ प्रतिशत, म्युचुअल फण्ड समूह ०.०२ प्रतिशत, निर्जीवन बीमा समूह ०.३० प्रतिशत घटेको छ । 

आजको बजारबारे सेयर लगानीकर्ता तथा प्राविधिक विश्लेषक अजयसिं थापा (जय शम्भु) भन्छन्, ‘बजार हाल सामान्य उतारचढावसहित साइडवेजमै चलिरहेका छ । अघिल्ला वर्षहरूको प्रवृत्ति हेर्दा मङ्सिर र पुस महिना सेयर बजारका लागि खासै उत्साहजनक नहुने र यस अवधिमा बजार सामान्यतया सुस्त वा साइडवेजमै रहने गरेको छ । हाल बजार करिब २५००–२६०० देखि २७००–२८०० को दायरामा सीमित रहने देखिन्छ ।’

साथै केही दिनसम्म अब नेप्से परिसूचकमा सामान्य अंकको मात्रै उतारचढाव देखिन सक्ने उनले अनुमान गरे ।  

‘तिहारअघि बजारमा केही सुधार देखिए पनि कारोबार रकम कम र गति सुस्त थियो भने हाल अफ सिजन तथा पछिल्ला केही वर्षयता लगानीकर्ताले अपेक्षित प्रतिफल नपाएकाले बजारमा सक्रियता र रुचि केही घटेको छ’ उनले भने, ‘यद्यपि पुस महिना सकिएर माघ–फागुन लागेसँगै बजारमा सकारात्मक गति देखिन सक्ने अपेक्षा भने गर्न सकिन्छ ।’

CG Motors
Garima Development Bank
IME remit

सर्वाधिक कमाउने शीर्ष १० कम्पनी  

आज सर्वाधिक कमाउने कम्पनीमा बोटलर्स नेपाल (बालाजु) रहेको छ । यो कम्पनीको सेयरभाउ ६ प्रतिशत बढेर १४ हजार ८४० रुपैयाँ पुगेको छ ।  

त्यस्तै, बोटलर्स नेपाल (तराई)को ५.६३ प्रतिशत, गार्डियन माइक्रो लाइफको ४.८१ प्रतिशत, मन्दाकिनी हाइड्रोको ४.४६ प्रतिशत, बेष्ट फाइनान्सको ३.४४ प्रतिशत, श्वेत–गंगा हाइड्रोको ३.४० प्रतिशत, मेन्छियाम हाइड्रोको ३.३३ प्रतिशत, सोल्टी होटलको ३.२५ प्रतिशत, नेपाल एसबिआई बैंक डिबेञ्चरको ३ प्रतिशत र आरबीबी म्युचुअल फण्ड–२ को २.९९ प्रतिशत बढेको छ ।  

सर्वाधिक गुमाउने शीर्ष १० कम्पनी  

आज सर्वाधिक गुमाउने कम्पनीमा एभरेष्ट कलर लिमिटेड रहेको छ । यो कम्पनीको सेयरभाउ ५.४५ प्रतिशत घटेर १०२१ रुपैयाँ १० पैसा कायम भएको छ ।  

त्यस्तै, प्रभु महालक्ष्मी लाइफको ५.४३ प्रतिशत, मुक्तिनाथ कृषि कम्पनीको ४.३२ प्रतिशत, नेपाल वेयरहाउजिङ कम्पनीको ३.६३ प्रतिशत, बेनि हाइड्रोपावरको ३.५५ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको २.९३ प्रतिशत, सामुदायिक लघुवित्तको २.८१ प्रतिशत, सानिमा लार्ज क्याप फण्डको २.६३ प्रतिशत, नेपाल रि पब्लिक मिडियाको २.५८ प्रतिशत र सेन्चुरी डिबेञ्चरको २.५२ प्रतिशत घटेको छ ।  

Nabil Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.