काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर १८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांशको प्रस्ताव गरेको हो ।
बैठकले गत आवको मुनाफाबाट सेयरधनीहरुलाई कुल १०.६५ प्रतिशत लाभांश घोषणा गरेको छ । कुल लाभांशमा ६.८५ प्रतिशत नगद र ३.८० प्रतिशत बोनस सेयर रहेको छ ।
बैठकले प्रस्तावित लाभांश स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने र आगामी ३१ औां साधारण सभाबाट पारित गरी वितरण गर्ने निर्णय समेत गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।