Breaking : सिन्धुलीको एसबीआई बैंकबाट लुटिएकोमध्ये एकबोरा पैसा जंगलमा फेला !
काठमाण्डौ । सिन्धुलीको घ्याङ्लेख गाउँपालिका–२ स्थित एसबीआई बैंकको शाखाबाट लुटिएको एकबोरा पैसा नजिकैको जंगलमा फेला परेको छ । जिल्ला प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले बिजशालासँग मंगलबार राति १०ः३० बजे कुरा गर्दै बैंकको शाखा नजिकै रहेको जंगल क्षेत्रमा बोरामा पैसा फेला परेको सूचना भर्खरै आएको र आफूहरु त्यसतर्फ लागेको जानकारी दिए ।

