काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेड,इण्डियन च्याम्बर अफ कमर्शद्वारा बैंक तथा वित्तिय संस्थाहरुलाई प्रदान गरिने बाणिज्य बैंक तर्फको तीन प्रतिष्ठित पुरस्कारहरुबाट सम्मानित भएकोे छ । बैंकले Best Performance on Risk Management, Best Bank and Best Performance on Assets Quality बिधामा उक्त सम्मान प्राप्त गरेको हो ।
भारतको नयाँ दिल्लीमा इण्डियन चेम्बर अफ कमर्शद्वारा आयोजित तेस्रो इमर्जिङ एसिया बैंकिङ अवार्ड २०२५ कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारीले उक्त पुरस्कारहरू ग्रहण गरे ।
यी प्रतिष्ठित पुरस्कारहरूले बैंकको जोखिम व्यवस्थापनका अभ्यासहरु, सञ्चालन उत्कृष्टता तथा बैंकको सम्पत्तिको गुणस्तर कायम राख्ने प्रतिबद्धतालाई जोड दिने बैंकले जनाएको छ ।
नेपाल एसबिआई बैंकले १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालयमातर्फत बैंकिङ सेवा दिदै आएको छ ।