काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक समितिमा ध्रुवप्रसाद अधिकारी नियुक्त भएका छन्। यस्तै, बैंकले सुबोधप्रसाद गौतमलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ।
कर्मचारी सञ्चय कोष बैंकको संस्थागत सेयरधनीका रूपमा रहेको छ। कोषको तर्फबाट बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकका रूपमा अधिकारीलाई मनोनयन गरी पठाइएको थियो।
सोही मनोनयनका आधारमा बैंकको गत भदौ १८ गते सम्पन्न ५५०औँ सञ्चालक समिति बैठकले ध्रुवप्रसाद अधिकारीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो।
त्यसैगरी, सोही बैठकले सुबोधप्रसाद गौतमलाई भदौ १८ गतेदेखि लागू हुने गरी चार वर्षका लागि स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको बैंकले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।