काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडको सञ्चालक परिवर्तन भएको छ । बैंकको पुस २१ गते बसेको सञ्चालक समितिको बैठकले रितेश सिन्हालाई सञ्चालक नियुक्त गरेको हो ।
सिन्हालाई बैंकको संस्थागत सेयरधनी भारतीय स्टेट बैंक (एसबीआई) को तर्फबाट यस बैंकको सञ्चालक समितिमा सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आएका पिनाकी नाथ बनर्जीको स्थानमा नियुक्त गरिएको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।