काठमाण्डौ । नेपाल एसबिआई बैंकले शाखा विस्तारको क्रममा देशभर ७ नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ ।
दाङको लमही, कपिलवस्तुको जितपुर, पाल्पाको रामपुर बजार, जनकपुरको पिडारीचोक, उदयपुरको बेल्टार र सुनसरीको दुहबीमा गरी ६ नयाँ शाखाको उद्घाटन बैंकका अध्यक्ष, जयती बन्सलले कर्पोरेट कार्यालय, कमलादी, काठमाण्डौबाट भर्चुअल्ली गर्नुका साथैे दुलेगौंडा शाखा, तनहुँको उद्घाटन भौतिक रूपमा गरेका थिए ।
उक्त कार्यक्रममा प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत, दीपककुमार दे, सञ्चालक, पिनाकीनाथ बनर्जी, स्टेट बैंक अफ इन्डियाका महाप्रबन्धक, रितेश सिन्हा, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत, राजेश कुमार पंडा, प्रमुख सञ्चालन अधिकृत, विकास आनन्द र अन्य वरिष्ठ पदाधिकारीहरु तथा ग्राहकहरुको समेत उपस्थिति रहेको थियो ।
बैंकले यस नयाँ शाखा सञ्चालनबाट ग्राहक बर्गहरुमासहज बैंकिङ सुविधा उपलब्ध हुनका साथै स्थानीय अर्थतन्त्रमा योगदान पु¥याउने लक्ष्य राखेको छ ।