बिहीबार, मंसिर १०,२०८३ 10:59:06
  • बिहीबार, मंसिर १०,२०८३ 10:59:06
Global IME Bank Limited

गरिमा विकास बैंकले ‘गरिमा रोड रेस–२०८३’ आयोजना गर्दै, आकर्षक नगद पुरस्कारको व्यवस्था

Bizshala
गरिमा विकास बैंकले ‘गरिमा रोड रेस–२०८३’ आयोजना गर्दै, आकर्षक नगद पुरस्कारको व्यवस्था
New Office

 

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले आफ्नो वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेस–२०८३’ आयोजना गर्ने भएको छ।

स्वस्थ जीवनशैली प्रवर्द्धन तथा खेलकुदमार्फत जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले बैंकले रोड रेस प्रतियोगिता आयोजना गर्न लागेको हो। प्रतियोगिता खुला, कर्पोरेट तथा भेट्रानलगायत विभिन्न विधामा सञ्चालन हुने जनाइएको छ।

प्रतियोगितामा करिब १ हजारभन्दा बढी धावक सहभागी हुने अपेक्षा गरिएको छ।

खुलातर्फ महिला तथा पुरुष दुवै समूहका विजेताले जनही ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। दोस्रो हुनेले ३५ हजार रुपैयाँ, तेस्रो हुनेले २० हजार रुपैयाँ, चौथो हुनेले १५ हजार रुपैयाँ तथा पाँचौं हुनेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

त्यस्तै, कर्पोरेट तथा भेट्रान विधातर्फ प्रथम हुनेले ३० हजार रुपैयाँ, दोस्रो हुनेले २० हजार रुपैयाँ, तेस्रो हुनेले १४ हजार रुपैयाँ, चौथो हुनेले १० हजार रुपैयाँ तथा पाँचौं हुनेले ७ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने व्यवस्था गरिएको छ।

CG Motors
Garima Development Bank
IME remit

प्रतियोगितामा विजयी हुने खेलाडीलाई नगद पुरस्कारसँगै मेडल तथा प्रमाणपत्रसमेत प्रदान गरिनेछ।

रोड रेसको खुलातर्फ १० किलोमिटर तथा कर्पोरेट र भेट्रानतर्फ ५ किलोमिटर दूरीमा प्रतिस्पर्धा गराइने जनाइएको छ। महिला तथा पुरुष दुवै समूहका लागि छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ।

बैंकले यसअघि पनि ‘गरिमा रोड रेस’का संस्करण आयोजना गर्दै आएको छ। अघिल्लो संस्करणमा १ हजारभन्दा बढी धावक सहभागी भएका थिए।

प्रतियोगितामा सहभागी हुन इच्छुक धावकले तोकिएको अवधिभित्र अनलाइन माध्यमबाट नाम दर्ता गर्न सक्नेछन्।

गरिमा विकास बैंकले खेलकुद, स्वास्थ्य सचेतना तथा सामाजिक उत्तरदायित्वसँग जोडिएका कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.