गरिमा विकास बैंकको १२७औँ शाखा बालुवाटारमा सञ्चालन
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले काठमाडौं महानगरपालिका वडा नं. ३ बालुवाटारमा आफ्नो १२७औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा बालुवाटारस्थित केन्द्रीय कार्यालय रहेको भवनबाट नयाँ शाखा सञ्चालनमा ल्याएको हो। बैंकले पहिलोपटक कारोबार सुरु गरेको १९औँ वर्ष प्रवेशको अवसर पारेर कात्तिक १८ गतेदेखि उक्त शाखा सञ्चालनमा ल्याएको...

