काठमाण्डौ । नेपाल एसबिआई बैंक ‘कर्पोरेट क्लब नेपाल प्रालिद्वारा प्रदान गरिने वाणिज्य बैंक विधा तर्फको ‘एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४’ बाट सम्मानित भएको छ ।
उक्त प्रतिष्ठित अवार्ड बैंकले नेपाली कर्पोरेट र सामाजिक क्षेत्रमा वर्षौदेखि गरेको महत्वपूर्ण योगदानका लागी प्रदान गरिएको बैंकले जनाएको छ । बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, राम कूमार तिवारी र प्रमुख सञ्चालन अधिकृत, विकास आनन्दलाई प्रा. डा. फत्त बहादूर केसी, मूख्य निर्णायकले स्टियरिङ कमिटी अफ द अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४ का अध्यक्ष मोहनराज ओझाको उपस्थितिमा सो अवार्ड प्रदान गरेका थिए ।
उक्त कार्याक्रममा नेपाल सरकारका गृह मन्त्री, माननिय रमेश लेखक समेतको उपस्थिति रहेको थियो ।