मंगलवार, श्रावण १२,२०८३ 01:54:45
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 01:54:45
Bizshala
Global IME Bank Limited

नेपाल एसबिआई बैंकका ग्राहकले र्याडिसन होटलमा विशेष छुट पाउने

नेपाल एसबिआई बैंकका ग्राहकले र्याडिसन होटलमा विशेष छुट पाउने
New Office

काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडका ग्राहकले काठमाण्डौमा अवस्थित र्याडिसन होटलमा विशेष छुट पाउने भएका छन् । बैंक र होटलबीच खाद्य तथा पेय पदार्थमा १५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।

एनएसबीएलको डेबिट कार्ड र मोबाइल बैंकिङ सेवाहरू मार्फत ग्राहकहरूले यो छुटको लाभ लिन सक्नेछन्।

बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दिपक कुमार देको उपस्थितिमा एनएसबीएलका प्रमुख कार्यकारी अधिकृत विकास आनन्द र रेडिसन होटल काठमाण्डौका फुड एण्ड बेभरेजका निर्देशक केदार पाण्डेबीच सम्झौता आदानप्रदान भएको हो । उक्त अवसरमा रितेश अर्याल, प्रमुख व्यवसाय विकास अधिकृत र बैंकका अन्य वरिष्ठ अधिकारीहरू र कार्यक्रममा होटलको पनि उपस्थिति रहेको थियो ।

बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ, १२१ एटीएम र एक कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आईरहेकहो छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.