नेपाल एसबिआई बैंकका ग्राहकले र्याडिसन होटलमा विशेष छुट पाउने
काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडका ग्राहकले काठमाण्डौमा अवस्थित र्याडिसन होटलमा विशेष छुट पाउने भएका छन् । बैंक र होटलबीच खाद्य तथा पेय पदार्थमा १५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।एनएसबीएलको डेबिट कार्ड र मोबाइल बैंकिङ सेवाहरू मार्फत ग्राहकहरूले यो छुटको लाभ लिन सक्नेछन्।