काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडको प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा राम कुमार तिवारी नियुक्त भएका छन् । मंसिर १८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले तिवारीलाई प्रबन्ध सञ्चालक तथा सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
बैंक तथा भारतीय स्टेट बैंक (एसबीआई) बीचको प्राविधिक सेवा सम्झौता बमोजिम एसबीआईबाट बैंकमा खटीई आएका बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, श्री दीपक कुमार दे को स्थानमा राम कुमार तिवारीलाई प्रबन्ध सञ्चालकक तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरिएको हो , बैठकले तिवारीलाई माघ २ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरेको बैंकले जनाएको छ ।