मंगलवार, श्रावण १२,२०८३ 01:48:18
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 01:48:18
Bizshala
Global IME Bank Limited

नेपाल एसबिआई बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नेपाल एसबिआई बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
New Office

काठमाण्डौ । नेपाल एसबिआई बैंकले ग्लोबल  मनि विकको अवसरमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।  

सातै प्रदेशमा आयोजना गरिएको उक्त कार्यक्रमले कलेज विद्यार्थीहरूलाई बचतको महत्व, ऋण र लगानी, डिजिटल बैंकिङ, डिजिटल ठगीको पहिचान, सेयर बजार र अन्य आधारभूत बैंकिङ तथा वित्तीय अवधारणाहरुलगायत वित्तीय साक्षरताका विभिन्न पक्षहरूमा शिक्षित गराउने उद्देश्य राखेको बैंकले जनाएको छ । 

न्यूरोड, भक्तपुर, पाटन, बरगाछी, वीरगन्ज, जनकपुर, डडेल्धुरा, वालिङ, टेकु, हेटौंडा, पीपीओ पोखरा, दुलेगौंडा, विराटनगर, चन्द्रनिगापुर,कोहलपुर, मणिग्राम, दाङ लगायतका विभिन्न शाखामा सञ्चालित कार्यक्रममा करिब आठ सय जनाको सहभागिता रहेको बैंकले उल्लेख गरेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.