काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । बैंकले गत आवका लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको ३.८० प्रतिशत बोनस सेयरका लागि नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सेयरमूल्य समायोजन भएको हो ।
समायोजनपश्चात बैंकको सेयरमूल्य प्रतिकित्ता ४२५.८२ रुपैयाँ कायम भएको छ । समायोजन अघि बैंकको सेयरमूल्य प्रतिकित्ता ४४२ रुपैयाँ कायम थियो ।
बैंकले गत आवका लागि ६.८५ प्रतिशत बोनस सेयर र ३.८० प्रतिशत नगद लाभांश(कर समेत) गरी कुल १०.६५ प्रतिशत लाभांश लाभांश घोषणा गरेको छ ।
बैंकले आगामी पुस २१ गते काठमाण्डौको भद्रकालीमा रहेको त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि सभा आयोजना गर्दैछ । उक्त सभाबाट अनुमोदन भएपश्चात कम्पनीद्वारा प्रस्तावित लाभांश वितरण गरिनेछ ।