काठमाण्डौ । नेपाल एसबीआई बैंकको प्रमुख सञ्चालन अधिकृतमा विकास आनन्द नियुक्त भएका छन् । भारतीय स्टेट बैंक(एसबीआई)का तर्फबाट खटिई आएका आनन्दलाई बैंकको प्रमुख सञ्चालन अधिकृत नियुक्त गरिएको हो ।
नेपाल एसबीआई बैंक र भारतीय स्टेट बैंकको प्राविधिक सेवा सम्झौता बमोजिम बैंकमा खटिई आएका बैंकमा कार्यरत यादबेन्द्रे कान्तको कार्यकाल कात्तिक ९ गते समाप्त भएको थियो । कान्तको स्थानमा बैंकको उक्त पदमा विकास आनन्द नियुक्त भएका हुन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।