काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा दीपक कुमार दे पुनः नियुक्त भएका छन् । बैंकको भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले दे लाई बैंकको सीईओ पदमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।
उनको ४ वर्षे कार्यकाल भदौ ३१ गते समाप्त हुँदैछ । उनलाई असोज १ गतेदेखि लागू हुनेगरी आगामी ६ महिनाका लागि बैंकको सीईओमा नियुक्त गर्ने निर्णय भएको बैंकले जनाएको छ । दे बैंकको प्रबन्ध सञ्चालक समेत हुन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।