काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा नेपाल एसबिआई बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । बैंकले घोषणा गरेको ४ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।
नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३९६.०६ रुपैयाँ कायम भएको छ ।
समायोजन हुनुअघि बैंकको सेयरमूल्य प्रतिकित्ता ४११.९० रुपैयाँ कायम थियो ।
आगामी कारोबारदेखि नयाँ समायोजित मूल्यका आधारमा कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।