बिहीबार, कार्तिक २६,२०८३ 04:48:07
  • बिहीबार, कार्तिक २६,२०८३ 04:48:07
Global IME Bank Limited

सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, तीन चौथाइ योगदानकर्ता वैदेशिक रोजगारीबाट

Bizshala
सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, तीन चौथाइ योगदानकर्ता वैदेशिक रोजगारीबाट
New Office

 

काठमाण्डौ । सामाजिक सुरक्षा कोषमा योगदान तथा प्रतिफलसमेत गरी संकलित रकम १ खर्ब ३० अर्ब रुपैयाँनजिक पुगेको छ। गत असोज मसान्तसम्म कोषमा १ खर्ब २९ अर्ब ६४ करोड रुपैयाँ संकलन भएको छ भने आबद्ध योगदानकर्ताको संख्या ३२ लाख ४३ हजार ७०१ पुगेको छ।

कोषको विवरणअनुसार सोही अवधिसम्म विभिन्न सुरक्षा योजनाअन्तर्गत २२ अर्ब ९० करोड रुपैयाँ दाबी भुक्तानी भएको छ। योगदानकर्ताले स्वास्थ्य उपचार, मातृत्व, दुर्घटना, अशक्तता, आश्रित परिवार तथा वृद्धावस्थासम्बन्धी योजनाबाट सुविधा लिएका छन्।

वैदेशिक रोजगारीबाट सबैभन्दा धेरै आबद्ध

कोषमा आबद्ध हुनेमध्ये वैदेशिक रोजगारी क्षेत्रका श्रमिकको संख्या सबैभन्दा ठूलो छ। यस क्षेत्रबाट २४ लाख ५० हजार ९५८ जना जोडिएका छन्। यो कुल आबद्ध योगदानकर्ताको करिब ७५.५६ प्रतिशत हो। अर्थात् कोषमा आबद्ध प्रत्येक चार जनामध्ये करिब तीन जना वैदेशिक रोजगारी क्षेत्रका छन्।

वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने व्यवस्था कार्यान्वयनमा आएपछि यस क्षेत्रको सहभागिता विस्तार भएको हो। औपचारिक क्षेत्रबाट भने ७ लाख ९० हजार ८३ जना योगदानकर्ता आबद्ध छन्। कुल संख्यामा यस क्षेत्रको हिस्सा करिब २४.३६ प्रतिशत छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

अनौपचारिक र स्वरोजगार क्षेत्रबाट २ हजार ६६० जना मात्रै

समग्र आबद्धता ३२ लाख नाघे पनि अनौपचारिक तथा स्वरोजगार क्षेत्रको सहभागिता भने निकै न्यून देखिएको छ। अनौपचारिक क्षेत्रबाट १ हजार १६८ जना र स्वरोजगार क्षेत्रबाट १ हजार ४९२ जना मात्रै कोषमा जोडिएका छन्।

यी दुई क्षेत्रबाट आबद्ध हुनेको संयुक्त संख्या २ हजार ६६० छ। यो कुल आबद्धताको करिब ०.०८ प्रतिशत मात्रै हो। तथ्यांकले औपचारिक र वैदेशिक रोजगारी क्षेत्रबाहिरका श्रमिकसम्म सामाजिक सुरक्षाको पहुँच विस्तार गर्न अझै चुनौती रहेको देखाएको छ।

रोजगारदाताको आबद्धता बागमतीमा केन्द्रित

औपचारिक क्षेत्रअन्तर्गत सातै प्रदेशका २३ हजारभन्दा बढी रोजगारदाता संस्था कोषमा आबद्ध छन्। निजी कम्पनी, उद्योग, प्रतिष्ठान तथा अन्य संगठित संस्थामार्फत यस क्षेत्रका श्रमिक सामाजिक सुरक्षाको दायरामा जोडिएका हुन्।

रोजगारदाता संस्थाको संख्यामा बागमती प्रदेश सबैभन्दा अगाडि छ। बागमतीमा १५ हजार ५५१ संस्था आबद्ध छन्। त्यसपछि कोशीमा २ हजार ७०३, लुम्बिनीमा २ हजार १९०, गण्डकीमा १ हजार ४२८ र मधेसमा १ हजार ३२१ संस्था जोडिएका छन्। सुदूरपश्चिममा ३८० र कर्णालीमा ३१४ रोजगारदाता संस्था आबद्ध रहेको विवरणमा उल्लेख छ।

Garima Development Bank
Bizshala
IME remit

चार योजनामार्फत सामाजिक सुरक्षा

कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गर्दै आएको छ।

यी योजनाअन्तर्गत योगदान र सम्बन्धित व्यवस्थाका आधारमा स्वास्थ्य उपचार तथा मातृत्व सुविधा, दुर्घटना वा अशक्तताको अवस्थामा सुरक्षा, आश्रित परिवारलाई सहायता र वृद्धावस्थामा पेन्सन तथा अवकाश सुविधा उपलब्ध हुने व्यवस्था छ।

कोषमा रकम संकलन र आबद्धताको दायरा विस्तार भइरहँदा अनौपचारिक तथा स्वरोजगार क्षेत्रको न्यून सहभागिताले सामाजिक सुरक्षाको पहुँच अझै असन्तुलित रहेको देखाउँछ। अब यी क्षेत्रका श्रमिकलाई समेत व्यापक रूपमा समेट्नु कोषको पहुँच विस्तारको प्रमुख चुनौती बनेको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.