सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, तीन चौथाइ योगदानकर्ता वैदेशिक रोजगारीबाट
काठमाण्डौ । सामाजिक सुरक्षा कोषमा योगदान तथा प्रतिफलसमेत गरी संकलित रकम १ खर्ब ३० अर्ब रुपैयाँनजिक पुगेको छ। गत असोज मसान्तसम्म कोषमा १ खर्ब २९ अर्ब ६४ करोड रुपैयाँ संकलन भएको छ भने आबद्ध योगदानकर्ताको संख्या ३२ लाख ४३ हजार ७०१ पुगेको छ।कोषको विवरणअनुसार सोही अवधिसम्म विभिन्न सुरक्षा योजनाअन्तर्गत २२ अर्ब ९० करोड रुपैयाँ दाबी भुक्तानी भएको छ। योगदानकर्ताले स्वास्थ्य...

