सोमबार, भाद्र १,२०८३ 07:38:55
Bizshala
  • सोमबार, भाद्र १,२०८३ 07:38:55
Bizshala
Global IME Bank Limited

इम्पेयरमेन्ट चार्ज बढेसँगै नेपाल एसबीआई बैंकको नाफामा ९.८६% को गिरावट, ईपीएस पनि घट्यो

Prabhu Bank Limited
इम्पेयरमेन्ट चार्ज बढेसँगै नेपाल एसबीआई बैंकको नाफामा ९.८६% को गिरावट, ईपीएस पनि घट्यो
New Office

काठमाण्डौ । नेपाल एसबीआई बैंक लिमिटेडको इम्पेयरमेन्ट चार्ज बढ्दा नाफामा गिरावट आएको छ । बै.कले सार्वजसिनक गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले १ अर्ब ८० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ९.८६ प्रतिशतले कम हो । अघिल्लो आवमा भने बैंकले १ अर्ब ९९ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी भने बढेको छ । अघिल्लो आवमा ५ अर्ब ७ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको बैंकले समीक्षा अवधिसम्म भने ५ अर्ब २६ करोड रुपैयाँ आर्जन गरेको छ । बैंकको खुद शुल्क तथा कमिशन आम्दानी भने १ अर्ब ३० करोड रुपैयाँबाट घटेर १ अर्ब २१ करोड रुपैयाँमा सीमित बनेको छ ।  

CG Motors

बैंकको खुद सञ्चालन आम्दानी ५ अर्ब ७५ करोड र सञ्चालन मुनाफा २ अर्ब ७३ करोड रुपैयाँ रहेको छ । चौथो त्रैमाससम्म बैंकले निक्षेप संकलन १३.७२ प्रतिशतले बढ्दै १ खर्ब ९९ अर्ब पुगेको छ । कर्जा प्रवाह पनि ७.१३ प्रतिशतले बढेर १ खर्ब ३४ अर्ब पुगेको छ ।  

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब १० करोड रुपैयाँबाट बढेर १ अर्ब २३ करोड रुपैयाँ पुगेको छ । लाभांश क्षमता समेत १०.४९ प्रतिशतबाट बढेर ११.२९ प्रतिशत पुगेको छ । यस्तै खराब कर्जा अनुपात पनि १.९६ प्रतिशतबाट बढेर ३.३५ प्रतिशत पुगेको छ । खराब कर्जा अनुपात बढेसँगै बैंकले इम्पेयरमेन्ट चार्ज ६४ करोड ८३ लाखबाट बढाएर १ अर्ब २ करोड पुर्याएको छ ।  

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी १८.३५ रुपैयाँबाट घटेर १६.५४ रुपैयाँमा सीमित बनेको छ । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १८८.५९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार १३५.५६ रुपैयाँ, पीई रेसियो २६.६० गुणा र तरलता अनुपात ३७.३२ गुणा कायम भएको छ ।   

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.